नेपाली विद्यार्थीलाई स्वदेश ल्याउन इजरायल उड्यो नेपाली ध्वजाबाहक विमान
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाजलाई इजरायल पठाएको छ । नेपाल वायु सेवा निगमको वाइडबडी ए ३३० जहाजले बिहिबार बिहान साँढे २ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट हुँदै इजरायल उडान भर्ने भनिएको भएपछि करिब डेढ घण्टा डिले भएर विहानको ४ः४ मा उडान भरेको हो ।
नेपाल एयरलाइन्सको बुधबार राति ११ बजेर ३० मिनेटका लागि दुबई उड्ने नियमित उडानकै वाइडबडी ए३३० जहाजलाई इजरायल दिउँसो पुग्नुपर्ने सुरक्षाका कारण केही पछाडि धकेलेर उद्धार उडान गरेको छ । यात्रुलाई दुबई झारेर इजरायलका लागि निगमको जहाजले रेस्क्यू उडान तय गर्नेछ ।
पहिलो उद्धार उडानमा स्वदेश फर्किन चाहेका २ सय ८८ जनालाई ल्याइने, प्रोटोकल समस्याका कारण तत्काल मृतक १० विद्यार्थीको शव ल्याउन नसकिने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालबाट उडान भरेको १५ घण्टामा इजरायल पठाइएको उद्धार उडानको विमान त्रिभवन अन्तर्राष्ट्यि विमानस्थलमै अवतरण हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया