Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsजाजरकोट भूकम्प अपडेट : १५७ जनाको मृत्यु, ३७५ जना घाइते !

जाजरकोट भूकम्प अपडेट : १५७ जनाको मृत्यु, ३७५ जना घाइते !

भूकम्पको डरले खुला आकाश मुनि वास


काठमाडौं । जाजरकोट भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ । यस्तै, भूकम्पबाट ३७५ जना घाइते भएका छन् । गृह मन्त्रालका अनुसार शनिबार साँझसम्म प्राप्त विवरण अनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।

अहिले कतिपय भग्नावशेषमा खोजी कार्य जारी रहेपनि खोजी अनि उद्धारको काम सम्पन्न भएको बताइएको छ । सामान्य घाइतेहरुको स्थानीय तथा जिल्ला अस्पतालमा भइरहेको छ भने गम्भीर घाइतेहरुलाई हवाई उद्धार मार्फत काठमाडौं, सुर्खेत र नेपालगञ्जमा उपचार गरिएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ८ जनाको उपचार भइरहेको छ । यी मध्ये २ जनाको अवस्था गम्भिर रहेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रबिन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण कति घर भत्किए ? भौतिक क्षति के कति भयो भन्ने विषयमा सरकारको आधिकारिक सूचना आएको छैन । भूकम्प परभावित क्षेत्रका स्थानीयहरु त्रासदी र बास भत्किएका कारण खुला आकाशमुनी रात बिताउन बाध्य बनेका छन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ