Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयस्तो छ नेपालमा एमडीएमएस लागू हुनुको वास्तविकता, विदेशबाट फोन ल्याउदा अब के गर्ने ?

यस्तो छ नेपालमा एमडीएमएस लागू हुनुको वास्तविकता, विदेशबाट फोन ल्याउदा अब के गर्ने ?


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । सरकारी सक्रियतामै चोरीको बाटो भएर नेपालमा मोबाइल नभित्रियोस् र यस्ता फोनका माध्यमबाट अपराधीक गतिविधि नहुन भन्ने उदेश्यले एमडीएमएस लागू गरिएको हो ।

प्राधिकरणका अनुसार सोमबारदेखि नै दर्ता नभएका, अवैध तरिकाले नेपाल ल्याइएका मोबाइल बन्द गराउने प्रक्रियाको थालनी भएको छ । हरेक दिन एक हजारका दरले यस्ता अबैध फोन बन्द गरिने दाबी प्राधिकरणले गरेपनि सोमबार निकै नगन्य फोनमात्रै निसानमा परेका छन । नेपालमा दर्ता नभएको मोबाइलमा अब सिम चल्ने छैन ।

व्यवसायीहरुले लामो समयदेखि अवैध बाटो भएर नेपालमा मोबाइल आउँदा राज्यलाई राजस्व घटेको तथा मोबाइलको व्यापारमा कमी आएको भन्दै एमडीएमएस लागू गर्न दबाब दिँदै आइरहेका थिए । विदेशमा रहेका नेपालीहरुले स्वदेश फर्किदा उपहारका रुपमा फोन ल्याउने र यसैका कारण मोबाइल व्यवसायीको व्यापार घटेपछि यस्ता ठग व्यापारीको दबाब, प्रभावमा परेर एमडीएमएसको बाटो रोझिएको भन्दै विरोध समेत भयो । तर सरकार पछि हटेन ।

अब विदेशबाट आफू, आफन्त वा साथिभाईलाई फोन ल्याउदा अनिवार्य रुपमा एमडीएमएसमा दर्ता गर्नुपर्ने हुन्छ । अन्यथा फोनमा नेपाली सिमकार्ड चल्ने छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ