हमासले बन्दी बनाएका नेपाली युवा विपिन रिहाइको पहल,बाटो कुर्दै जोशी परिवार !
काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइमा सघाउन कतारसँग आग्रह गर्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँगको भेटमा प्रधानमन्त्रीले प्रचण्डले यस्तो आग्रह गर्नुभएको हो ।
मानवीय सहायता परिचालन तथा बन्धक बनाइएकाहरूको रिहाइका निम्ति कतारको मध्यस्थतामा गाजामा भएको युद्धविरामको प्रधानमन्त्री प्रचण्डले प्रशंसा गर्दै जोशीको रिहाइमा सघाउन आग्रह गरिएको सचिवालयले जानकारी दिएको छ । यस्तै, परराष्ट्रमन्त्री एनपी साउदले समेत राज्यमन्त्री मुरैखीसँगको भेटमा जोशीको रिहाइका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियोे । नेपालको आग्रहलाई सकारात्मक रुपमा लिँदै कतारी राज्यमन्त्रीले विपिनको रिहाइका लागि पहल भैरहेको जानकारी दिनुभएको थियोे ।
धमाधम छुट्दै बन्दी
बिहीबारदेखि शुर चार दिने युद्धविरामकै क्रममा शुक्रबार हमासले १३ जना बन्धक रिहा गरेको छ । इजरायली जेलबाट ३९ जना प्यालेस्टिनी रिहा गरिएका छन । इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमत भएका छन् ।
विपिन फर्किने बाटो कुर्दै परिवार
युद्धविराम र बन्दी रिहाइ सुरु भएको खबरले विपिन पनि चाँडै सकुशल घर फर्कनेमा जोशी परिवार आशावादी देखिएको छ । ‘छोरो सकुशल फर्केको हेर्न तड्पिरहेका छौँ’, विपिनका बुबा महानन्दले भन्नुभएको छ । ‘नेपाल सरकारले पहिलो चरणमै विपिनको रिहाइका लागि पहल गरिदिनेमा परिवार आशावादी छ । पटक–पटक परराष्ट्रमन्त्रीलाई विपिनको रिहाइको लागि पहल गरिदिन आग्रह गर्दै आएकाे परिवार विपिन घर फर्किने बाटो कुरेर बसेको छ ।
तपाईको प्रतिक्रिया