Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsरास्वपा सभापति रवि र पूर्वउपराष्ट्रपतिका छोरा पुन विरुद्ध प्रहरीमा जाहेरी

रास्वपा सभापति रवि र पूर्वउपराष्ट्रपतिका छोरा पुन विरुद्ध प्रहरीमा जाहेरी

अब के होला कारबाही ?


काठमाडौं । सहकारी पीडितहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनसहित १८ जनाविरुद्ध पुरक जाहेरी दिएका छन् । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको आरोपमा पीडितहरूले गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेशसहित १८ जनाविरुद्ध पुरक जाहेरी दिएका हुन् ।

महानगरपालिकाको जाहेरीका आधारमा यसअघि मुद्दा दर्ता भइसकेकाले यही विषयमा पूरक जाहेरी दर्ता भएको प्रहरीले जानकारि दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन थापाले लामिछाने, पुन, सहकारीका पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, ऋणी नेत्रपाणि बास्तोला र थप १४ संस्थाविरुद्ध पूरक जाहेरी परेको जानकारि दिनुभयो । यसअघि सहकारीका सञ्चालक १९ जनाविरुद्ध प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेका छ । पूरक जाहेरीबारे अनुसन्धान सुरु गरिसकेको प्रहरीले जनाएको छ । जीबी राई समूहले खोलेका सबैजसो सहकारीबाट गैरकानुनी रूपमा आफ्ना कम्पनी, साझेदार तथा विभिन्न संस्थाहरूमा ऋण प्रवाह भएको विवरण भेटिएका छन् ।

पीडितहरूको दाबी र महानगरको अध्ययन प्रतिवेदनअनुसार रास्वपा सभापति लामिछानेको नाममा सूर्यदर्शन सहकारीबाट एक करोड र बुटवलमा सञ्चालित सुप्रिम बचत तथा ऋण सहकारीको पनि एक करोड रुपैयाँ प्रवाह भएको छ । सहकारीबाट कर्जा पाउने अधिकार बचतकर्ता सदस्यलाई मात्र हुन्छ । लामिछाने स्वयंले आफू बचतकर्ता नभएको र जीबी जोडिएको सहकारीसँग आफ्नो कुनै साइनो नभएको दाबी गर्दै आएका छन् । तर ‘इन्टरनल लोन’ (आन्तरिक कर्जा) शीर्षकमा १ करोडको कारोबार रबीकै नाममा भएको सहकारीको आर्थिक कारोबारमा देखाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ