सेनाको मेजर हुँँ भन्दै धम्क्याउँदै हिड्ने प्रहरी फन्दामा
काठमाडौं – नेपाली सेनाको मेजर भनेर धम्क्याउदै हिड्ने एक व्यक्ति पक्राउ परेका छन् । गएराति नेपाली सेनाको मेजर भन्दै धम्काउँदै हिँडिरहेको अवस्थामा सुरेश विष्टलाई महानगरीय प्रहरी वृत्त चापागाउँले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेर गोदावरी नगरपालिका चापागाउँका मानिसलाई धम्काउँदै हिँडिरहेको अवस्थामा पक्राउ गरिएको हो । वृत्त चापागाउँका प्रमुख डीएसपी कृष्णराज ओझाले पक्राउ परेका विष्टले २०६२ वैशाख ११ गते नेपाली सेनाको सेवा प्रवेश गरी २०६३ वैशाख ११ गते बर्खास्त भएका ब्यक्ति हुन् । उनको साथबाट सेनाको बर्दीसहित १ थान कपडा पनि बरामद गरिएको छ । ‘उनलाई हिरासतमा राखी अनुसन्धान गरिराखिएको छ,’ उनले भने, ‘सेनाको मेजर भनेर ठगी गरेको छ छैन त्यसको अनुसन्धान गरिन्छ । केही नगरेको भेटिए पनि उनलाई सेनाको पोशाक दुरुपयोग गरेको अभियोगमा मुद्दा चलाइन्छ ।’
प्रहरीले व्यारेकमा फोन गर्दा विष्ट नक्कली मेजर रहेको थाहा भएको डीएसपी ओझाले भने । विष्टले आफू कंङ्गो जान जान लागेको भन्दै यसभन्दा अगाडिका डिएसपी र गोदावरी नगरपालिकाका मेयरसँग बसेरसँगै चिया खाएको प्रहरीले जनाएको छ । उनको घर गोदावरी नगरपालिका वडा नं. २, विष्टछाप हो । उनी जग्गासम्बन्धी कारोबार गर्ने स्रोतले बतायो ।
तपाईको प्रतिक्रिया