नेपालकी १८ वर्षे चेली सपना रोका प्रभावशाली महिलाको सूचीमा

काठमाडौं । नेपालकी १८ वर्षीया सपना रोका मगर बिबिसीले तयार पारेको प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । बिबिसीले तयार पारेको २०२० का प्रभावशाली महिलाको सूचीमा बेवारिसे सवको व्यवस्थापनमा सक्रिय म्याग्दीकी १८ वर्षीया सपना रोका मगर पर्न सफल भएकी हुन् ।
बिबिसीले मंगलबार सपनाको नाम सहितको सूची प्रकाशन गरेको छ । सपनासहित उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह तथा सारा गिल्बर्ट लगायत समावेश भएका छन् ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au
तपाईको प्रतिक्रिया