Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया राज्यमा एक सातादेखी शून्य संक्रमणको सफलता

भिक्टोरिया राज्यमा एक सातादेखी शून्य संक्रमणको सफलता


ब्रीजबेन, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको एक सातादेखि स्थानीयस्तरमा कुनै कोरोना संक्रमित पहिचान भएका छैनन । लगातार ६१ दिनसम्म शून्य संक्रमणको सफलता हात पारेको भिक्टोरियामा चाडवाडको बेला न्यूसाउथवेल्स पुगेर आएका व्यक्तिहरुबाट कोरोनाको संक्रमण स्थानीयस्तरमा सरेको पाइएको थियो । अहिले यो नियन्त्रणमा आइसकेको छ ।

कूल १७ हजार ९ सय ८ परीक्षणका नतिजाहरु प्राप्त भएकोमा तीन जना अन्तर्राष्ट्रिय यात्रीमा मात्रै कोभिड १९ कोरोनाको संक्रमण पहिचान भएपनि पछिल्लो एक सातादेखी शून्य संक्रमण देखिएको छ । राज्यमा सक्रिय कोरोना संक्रमितको संख्या ३५ छ । अन्तर्राष्ट्रिय यात्रीहरुलाई होटल क्वारेन्टीनमा राख्ने प्रबन्ध गरिएको छ । नेगेटिभ रिपोर्ट आएपछि मात्रै उनीहरुले आफ्नो गन्तव्यमा जान पाउने छन् । यता, भिक्टोरियाले क्वीन्सल्याण्ड र न्यूसाउथवेल्ससँगको सिमाना बन्द गरेर ट्राफिक लाईट नियम लगाएपछि यसको विषयमा आन्तरिक बहसहरु नै सुरु भएको छ । बीजबेनमा नयाँ प्रकारको कोरोना भाईरस लागेका व्यक्ति मेलबर्नबाटै गएको, समूदायस्तरमा तीन दिनसम्म शून्य संक्रमणको अवस्था देखिएको बेलामा यस्तो प्रतिबन्ध आवश्यक नहुने केही विज्ञहरुको सुझाब दिदै आएका छन् ।

अर्कातर्फ, चीरप्रतिस्पर्धी न्यूसाउथवेल्स र भिक्टोरियाले पछिल्लो समय एकअर्कामाथी कोभिड १९ कोरोनाको संक्रमण विस्तारको दोष लगाउँदै आएका छन् । भिक्टोरियामा कोभिड १९ को दोश्रो उछाल आएको बेला न्यूसाउथवेल्सले यसको नीतिको आलोचना गरेको थियो भने अहिले न्यूसाउथवेल्समा कोरोना नियन्त्रणमा आउन नसक्दा भिक्टोरियाका केही मानिसहरु उनीहरुको प्रवृत्ति जिम्मेवार रहेको बताइरहेका छन् । ट्राफिक लाईट नियमसँगै सुरु भएको बहसले थप विस्तार पाइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ