Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालको खुला विश्वविद्यालयमा पढ्ने हो ? यसरी भर्नुहोस् अनलाईन आवेदन

नेपालको खुला विश्वविद्यालयमा पढ्ने हो ? यसरी भर्नुहोस् अनलाईन आवेदन


काठमाडौं । नेपाल खुला विश्वविद्यालयले व्यवस्थापन तथा कानून संकाय अन्तर्गत विभिन्न तहमा शैक्षिक सत्र २०७८\०७९ का लागि अनलाईन भर्नाको आवेदन खुला गरेको छ । विश्वविद्यालय मास्टर अफ बिजनेस एड्मिनिस्ट्रेस (एमबीए) दुई वर्षे सेमेष्टर स्नातकोत्तर कार्यक्रम, मास्टर अफ साईन्स इन डेभलभमेन्ट मेनेजमेन्ट एन्ड गोभर्नेन्स (एमएसडीएमजी) दुई वर्षे सेमेष्टर स्नात्तकोत्तर कार्यक्रम, ब्याचलर अफ ल (एलएलबी) तीन वर्षे वार्षिक स्नातक कार्यक्रममा अनलाईन भर्नाको आवेदन खुलाइएको हो ।

भर्ना आवेदन फाराम विश्वविद्यालयको वेभसाईटमा गएर भनुपर्नेछ । आवेदकले सम्बन्धित शैक्षिक कार्यक्रमका लागि तोकिएको योग्यता पुगेका प्रमाणपत्रहरु स्क्यान गरेर अपलोड गर्नुपर्ने विश्वविद्यालयले जारी गरेको सुचनामा उल्लेख छ । योग्यता पुगेका इच्छुक विद्यार्थीले साउन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । विश्वविद्यालयले प्रवेश परीक्षा पनि अनलाईन मार्फत लिने जानकारी गराएको छ । प्रवेश परीक्षा एमबीए तहका लागि साउन २३ गते सनिबार बिहान साढे आठ बजे, सोही दिन एमएसडिएमजीको दिउँसो तीन बजे र एलएलबी तहका लागि साउन ३० गते सनिबार बिहान साढे आठ बजे हुने सुचना मार्फत जानकारी गराइएको छ ।

विश्वविद्यालयले एमबीएको आवेदन शुल्क १२ सय, एमएसडिएमजीको आवेदन शुल्क १२ सय र एलएलबीको लागि एक हजार तोकेको छ । आवेदन शुल्क नेपाल खुला विश्वविद्यालयको ग्लोबल आईएमई बैंक कीर्तिपुर शाखामा जम्मा गरेर नगदी भौचर स्क्यान गरी आवेदन साथ अपलोड गर्नुपर्ने जानकारी गराइएको छ ।

यस्तो छ भर्ना आवेदनको सूचना :



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ