Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअफगानिस्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार

अफगानिस्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार


काठमाडौं । अफगानिस्तानलाई तालिवानी विद्रोही समूहले कब्जा गरेर राजनीतिक अस्थिरतामा फसेदेखी अहिलेसम्म नेपाल सरकारले ६५४ नेपालीको उद्धार गरेको छ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौँ आएका छन् ।

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरु समेत स्वदेश फर्कने प्रक्रियामा रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । नाएको छ । नेपाली नागरिकको स्वदेश आगमनपश्चात अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरि सीसीएमसीको समन्वयमा सामाखुशीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको राधास्वामी होल्डिङ सेन्टरमा स्वास्थ्यका मापदण्डानुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरि आवश्यक व्यवस्थापन गरिएको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहनुभएका नेपालीलाई काठमाडौं सम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा सोमबार बेलुका ५ बजेसम्म ३६१ नेपालीले आफ्नो विवरण दर्ता गरेर उद्धारको पर्खाइमा रहेको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता सेवा लम्सालले हालसम्म सम्पर्कमा आएका मध्ये दुई जनाको राहदानी नभएको जानकारी प्राप्त भएकाले यात्रा अनुमति पत्र जारी गरि पठाउने व्यवस्था मिलाइएको जानकारी दिइन् । काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको हुँदा बाँकी नेपालीको उद्धारका लागि उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ