न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा घट्दै कोरोना संक्रमण
ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्स राज्यमा मंगलबार ७५५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा गरिएको १ लाख ३८ हजार ४७२ जनाको कोरोना परीक्षणबाट ७५५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको हो ।
थपिएका संक्रमितमध्ये २ वजा बाहिरबाट आएकाहरु रहेको बताइएको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । अहिलेसम्म १ करोड २२ लाख ५२ हजार ७३३ जनाको पीसीआर परीक्षणबाट १९ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यता, भिक्टोरिया राज्यमा समेत अघिल्लो दिनको तुलनामा संक्रमणदर घटेको छ । मंगलबार ४८ हजार ४२४ जनाको कोरोना परीक्षण गर्दा ५१ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्स र भिक्टोरिया राज्यमा अघिल्ला दिनको तुलनामा कोरोना संक्रमण दरमा कमी आएको जनाइएको छ । बन्दाबन्दीमा समेत कोरोना संक्रमण बढ्दा न्यु साउथ वेल्स र भिक्टोरियावासीले लामो समयदेखी लकडाउनको सामना गर्नुपरिरहेको छ ।
तपाईको प्रतिक्रिया