Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएनआरएनए अष्ट्रेलियाले बाड्दै अवार्ड । सिफारिस अनिवार्य

एनआरएनए अष्ट्रेलियाले बाड्दै अवार्ड । सिफारिस अनिवार्य


ब्रिजवेन
गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले समाजमा विभिन्न तवरले योगदान पु¥याउने व्यक्तिलाई अवार्ड दिने भएको छ । आफ्नो नियमित कार्यक्रम अन्र्तगत एनआरएनए अष्ट्रेलियाले आगामी सेप्टेम्बर १८ मा हुने सधारण सभामा यस्तो अवार्ड बाड्न लागेको हो ।
यसपाली विभिन्न १५ विधामा अवार्ड दिन लागिएको एनआरएनएले जनाएको छ । स्टुडेण्ट अफ द इयर (उच्च माध्यमिक तह), स्पोर्टस् पर्सन अफ द इयर (१८ वर्ष मुनी र १८ वर्षभन्दा माथी), नेपलिज कल्चरल एम्बास्डर अफ द इयर र एनआरएनए अष्ट्रेलिया युथ पर्सन अफ द इयर अवार्ड बाड्न लागिएको हो । त्यस्तै एनआरएनए अष्ट्रेलिया ओमन, एनआरएनए अष्ट्रेलिया अवार्ड, फ्रेण्डस् अफ नेपाल र विजनेस पर्सन अफ द इयर अवार्ड पनि बाड्न लागिएको हो । त्यस्तै कम्युनिटी सर्भिस अवार्ड, अर्गनाइजेसन अफ द इयर, मिडिया पर्सन र स्टेट पर्सन अवार्ड पनि बाड्न लागिएको छ । त्यस्तै एनआरएनए प्रेसिडेण्ड अवार्ड १० जनालाई दिन लागिएको छ । स्टुडेण्ट अफ द इयर विश्वविद्यलय तह यसअघि नै वितरण भइसकेको छ । प्रेसिडेण्टले अवार्ड बाहेक अन्य सबैमा सिफारिस दर्ता गराउनुपर्ने छ । अगष्ट २९ देखि सेप्टेम्बर ७ तारिखभित्र अवार्डका लागि नेपाली समाजका भित्रका जो कोहीले पनि योग्य व्यक्ति नाम सिफारिस गर्न सक्नेछन् । सिफारिसकर्ताले एनआरएनएले उपलब्ध गराएको तीन पाने फारममा योग्य व्यक्तिले नेपाली समाजमा पु¥याएको संक्षिप्त योगदान र परिचय भरेर इमेल गर्नुपर्नेहुन्छ । एनआरएनए अष्ट्रेलिया नेसनल एक्सिलेन्ट अवार्ड टाक्सफोर्सले सिफारिस भएर आएका व्यक्तिमध्येबाट छनोट गरि अवार्ड दिने जनाइएको छ । विभिन्न क्षेत्रमा रहेर नेपाली समाजलाई योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्न अवार्ड दिने गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ ।

अवार्ड सिफारिसका लागि भर्नुपर्ने फारमका लागि यहाँ थिच्नुहोस् – NRNA Australia Award Nomination Form (1)

अवार्ड छनोटका लागि नियमहरु यस्ता छन् । Rules for the NRNA Australia Award

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ