Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा १ करोड ३३ लाख मात्रा खोप भित्रियो, साढे ४४ लाख बढीले लगाए पूर्ण खोप

नेपालमा १ करोड ३३ लाख मात्रा खोप भित्रियो, साढे ४४ लाख बढीले लगाए पूर्ण खोप


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ८५ हजार एक सय २८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । प्रदेश १ र २ मा कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनेका खोप दिइरहेको र सुदूरपश्चिम प्रदेशमा भेरोसेल खोप लगाइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा अहिलेसम्म ४४ लाख ५९ हजार सात सय ६१ जनाले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । ५३ लाख ३९ हजार दुई सय ५२ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन् । माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको थियो ।

नेपालमा १ करोड ३३ लाख मात्रा खोप
स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले नेपालमा अहिलेसम्म एक करोड ३३ लाख मात्रा खोप प्राप्त भएको जानकारी दिएका छन् । पछिल्लो पटक गएको शुक्रवार बेलायतबाट एक लाख ३० हजार मात्रा एस्ट्राजेनेका खोप प्राप्त भएको गौतमले जानकारी दिए । अहिले मौज्दात रहेको झन्डै ३३ लाख मात्रा खोप लगाउने अभियान देशभरजसो जारी रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ