Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबाढीले अवरुद्ध मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौँ ल्याउने सरकारको घोषणा

बाढीले अवरुद्ध मेलम्चीको पानी चैत मसान्तभित्र काठमाडौँ ल्याउने सरकारको घोषणा


काठमाडौं । सरकारले बाढीका कारण अवरुद्ध मेलम्चीको पानी आगामी चैत मसान्तभित्र पुनः काठमाडौँ ल्याइसक्ने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभामा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

यसअघि नै आयोजनाले चैतसम्ममा पानी काठमाडौं ल्याउनेगरि पुनर्निमाणको काम अघि बढाउने बताएको थियो । गत असारमा मेलम्चीमा आएको भीषण बाढीका कारण बाँध बगाउँदा मेलम्ची अवरुद्ध बनेको थियो । बाढीका कारण काठमालकडाउन जाडौं आउन थालिसकेको मेलम्ची पुनः अनिश्चित बनेको बेला सरकारले नदी कटान एवम् बाढीपहिरोको कारण भएको सडक लगायतको क्षतिको तत्काल पुनर्निर्माण र पुनस्थापना कार्यक्रमका लागि बजेट निकासा गरेको हो ।

यद्यपी अहिलेसम्म क्षतीको पूर्ण विवरण नआएका कारण बाढीले बिगारेको संरचना यति नै समयमा बनिसक्छ भन्ने एकिन हुन सकेको छैन । सबै पुर्वाधार निर्माणको काम पुरा नहुदै तत्कालिन ओली सरकारले हतारो गरेर काठमाडौं ल्याएको मेलम्चीको पानीले उपत्यकाबासीलाई केही राहत दिएपनि मेलम्ची बाढीका कारण उस्तै प्रतिक्षा गर्न थालिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ