न्यु साउथ वेल्समा १२६१ र भिक्टोरियामा ४२३ जना कोरोना संक्रमित थपिए
ब्रिजबेन, अष्ट्रेलिया । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा मात्रै १ हजार २६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विभागका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३७ हजार ४९८ जनाको स्वाब परीक्षण गर्दा १ हजार २६१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये २ जना राज्य बाहिरका रहेको बताइएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म १ करोड ५१ लाख ९६ हजार ४८७ जनाको कोरोना परीक्षण भएको छ भने ४६ हजार ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विभागले पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको जानकारी दिएको छ । न्यु साउथ वेल्समा अहिलेसम्म कोरोनाका कारण २५४ जनाले ज्यान गुमाएका छन् ।
यस्तै, भिक्टोरियामा पछिल्लो २४ घण्टामा ५४ हजार ६४९ जनाको कोरोना परीक्षणबाट ४२३ जना स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । यहाँ पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैलेपनि ज्यान गुमाएका छैनन । यी दुई राज्यमा कोरोना महामारि रोकथामका लागि भन्दै लामो समयदेखी बन्दाबन्दी गरिएपनि नियन्त्रणमा आउन सकेको छैन ।
तपाईको प्रतिक्रिया