दसैँ नजिकिएसँगै नेपालस्थित घर फर्किनेहरुको लर्को
काठमाडौं । दसैँ नजिकिएसँगै रोजगारीका क्रममा भारतमा रहेकाहरु घर फर्कने क्रमले तिब्रता पाउन थालेको छ । देशका अधिकांश नाकाहरुमा स्वदेश फर्किनेहरुको भीडभाड हुन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेको र अहिले जमुनाह नाकामा लर्को लाग्ने गरेको हो ।
जमुनाह प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जानकारी दिर्नुभयो । दसैँ तिहारजस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन देशभरका नाका हुँदै स्वदेश फर्किनेगरेका छन् ।
पूर्वी नाका काकडभिट्टा र बीरगञ्ज, धनुषको मटियानी, जलेश्वर लगायतका नाकाबाट पनि दैनिक हजारौँको संख्यामा स्वदेश फर्किरहेका छन् । यो क्रम थप बढ्ने आँकलन गरिएको छ । यो संख्या दशैको मुखमा लाखौँ पुग्ने गरेको छ ।
पैदल मार्गबाट मात्रै नभएर दशै नजिकिएसँगै साउदी, दुबै युरोप,अमेरिका लगायतका मुलुकबाट हवाईमार्ग हुँदै स्वदेश फर्किनेहरुको संख्या समेत बढ्न थालेको छ । दशैमा हवाईमार्गबाट समेत बर्षेनी पचासौँ हजार दशैतिहार र छट पर्वमान्न स्वदेश आउने गरेका छन् ।
संघ,स्थानीय तथा प्रदेश सरकारले कामका लागि भारत जानेको सङ्ख्यामा कमी ल्याउने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने लागू हुन सकिरहेको छैन । दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले यस्ता घटना हुन नदिन सुरक्षाकर्मीलाई सजक बनाइएको प्रहरी प्रधान कार्यालय बताउँछ ।
तपाईको प्रतिक्रिया