Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaआज ३ बजेभित्र जनगणना नभरे, दैनिक २ सय २० डलर जरिवाना । यसरी भर्नुस् जनगणना

आज ३ बजेभित्र जनगणना नभरे, दैनिक २ सय २० डलर जरिवाना । यसरी भर्नुस् जनगणना


ब्रिजवेन/५ वर्षमा एक पटक हुने राष्ट्रिय गणनाको आज अन्तिम दिन हो । अष्ट्रेलियन तथ्याकं ब्युरोले आज अक्टोबर १ तारिख शुक्रबार अप्रान्ह ३ बजेसम्म (सिड्नी समय) जनगणना भर्न सकिने जनाएको छ । तपाइले अहिलेसम्म भर्नु भएको छैन भने Australian Bureau of Statistics (abs.gov.au) मा गएर आफ्नो विवरण भर्न सक्नुहुन्छ । सेन्सस एण्ड स्टाटिस्टिक ऐन १९०५ अनुसार अष्ट्रेलियाको जनगणना अनिवार्य गरिएको छ । अर्थात अष्ट्रेलियाभित्र बस्ने हरेक व्यक्तिले जनगणना भर्नुपर्छ ।

अगष्ट १०, २०२१ को रातलाई आधार मानेर अष्ट्रेलियामा जनगणनाको मापन गरिन्छ । जनगणनामा सहभागी नभएमा कानुन बमोजिम जरिवानाको व्यवस्था समेत गरिएको छ । ब्युरोका अनुसार अन्मित मितिसम्म पनि जनगणना नभर्ने व्यक्तिलाई दैनिक २ सय २० डलरको दरमा जरिवाना गरिनेछ ।  अष्ट्रेलियामा पढिरहेका विद्यार्थी र अन्य भिषामा भएकाले पनि जनगणना भर्नुपर्छ ।
त्यसैले तपाइले अहिलेसम्म पनि जनगणना भर्नु भएको छैन भने यो लिंकमा गएर अहिले नै भर्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ