Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअध्यागमन मन्त्री र सांसदद्वारा एनआरएनए अष्ट्रेलियाको प्रशंसा

अध्यागमन मन्त्री र सांसदद्वारा एनआरएनए अष्ट्रेलियाको प्रशंसा


ब्रिजवेन /सामाजिक कार्यमार्फत समाजलाई एकसुत्रमा बाधेको भन्दै मन्त्री र सांसदले गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको प्रशंसा गरेका छन् । एनआरएनए अष्ट्रेलियाको राष्ट्रिेय सम्मेलनको पुर्वसन्ध्यामा विज्ञप्ती जारी गर्दै अध्यागमन मन्त्री एलेक्स हक र संघिय सांसद अंगस टेलरले यस्तो प्रशंसा गर्नुभएको हो ।

विज्ञप्तीमा मन्त्री हकले कोरोनाको समयमा मानिसहरु शारिरीक रुपमा टाढा भएपनि सामाजलाई एकआपसमा जोड्न, सुसुचित गराउन तथा सहयोग गर्न एनआरएनए अष्ट्रेलियाले महत्वपुर्ण भूमिका खेलेको भन्दै धन्यवाद दिनुभएको छ । त्यस्तै कोभिडको समयमा जानकारीमुलक कार्यक्रम, मानसिक स्वास्थ्य सम्बन्धी कार्यशाला तथा समस्यामा परेकाहरुलाई आर्थिक सहयोग उपलब्ध गराएर एनआरएनएले सकारात्मक काम गरेको विज्ञप्तीमा उल्लेख छ ।
गतवर्षको आगलागीका बेलामा एनआरएनए अष्ट्रेलियाले गरेको ७० हजार डलर सहयोग स्मरण गर्दै मन्त्री हकले यो कार्यले अन्तर समुदायमा सहयोगको भावना वृद्धी गर्ने समेत बताउनुभयो । नेपाली समुदाय अष्ट्रेलियाको बहुसांस्कृति समुदायको अभिन्न अगं भएको समेत मन्त्री हकको भनाई छ । एनआरएनएको राष्ट्रिय सम्मेलनको अवसर पारेर संघिय सांसद अंगस टेलरले समेत शुभकामना दिनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ