न्यु साउथ वेल्सको प्रिमियरमा डोमिनिक पेरोटेट विजयी, अघि छन् चुनौतीका पहाड
सिड्नी/न्यु साउथ वेल्सको प्रिमियरमा डोमिनिक पेरोटेट निर्वाचित हुनुभएको छ । गत शुक्रबार तत्कालिन प्रिमियर ग्लाडिस बरिजेकलियनले भ्रष्टाचारको छानबिन हुने भएपछि पदबाट राजिनामा दिनुभएको थियो । आज बिहान सम्पन्न लिवरल पार्टीको राज्यस्तरिय संसदिय दलको नेताको निर्वाचनमा डोमेनिकले प्रतिद्धन्दी रब स्टोकलाई भारी मतले पराजित गर्नुभएको हो । डोमेनिकले ३९ मत ल्याउदा रबले केबल ५ भोट मात्रै प्राप्त गर्नुभएको थियो । डोमिनिक ग्लाडिस सरकारको ट्रेजरर अर्थात अर्थमन्त्री हुनुहुन्थ्यो ।
न्यु साउथ वेल्समा पनि नेपालमा जस्तै पार्टीको संसदिय दलका नेतानै सरकार प्रमुख हुने गर्छ । अघिल्लो राज्यस्तरको निर्वाचनमा न्यु साउथ वेल्स राज्यमा लिवरल पार्टीले बहुमत प्राप्त गरेको थियो । बहुमत प्राप्त दलको नेता नै प्रिमियर अर्थात सरकार प्रमुख हुन्छ । सरकार प्रमुख हुनलाई दलको नेतामा निर्वाचित हुनु आवश्यक भएकाले आज बिहान न्यु साउथ वेल्समा लिवरल पार्टीको नेता छनोट गर्न चुनाव भएको हो । यस्तो चुनावलाई पार्टी रुम भनिन्छ ।
विजयी भएसंगै डोमिनिकले न्यु साउथ वेल्सको ४६ औं प्रिमियर हुन पाउदा निकै गर्वको महशुस भइरहेको संक्षिप्त प्रतिक्रिया दिनुभएको छ । डोमिनिकले आफु विरुद्ध मैदानमा उत्रिएका रबलाई सरकारमा शिर्ष मन्त्रालय दिने घोषणा गरिसक्नु भएको छ । राज्य कोरोनाको विषय परिस्थितीमा रहेका बेला प्रिमियरमा निर्वाचित डोमिनिकका सामु चुनौतीका पहाड खडा छन् । यस परिक्षाको घडीमा कोरोना नियन्त्रण र त्यसको आर्थिक र सामाजिक क्षेत्रमा पारेको क्षतिलाई उकास्नु डोमिनिकको सबैभन्दा ठुलो चुनौती हुनेछ । त्यस्तै ग्लाडिसले जनस्तरमा उत्कृष्ट प्रिमियरको छबी बनाइसकेकाले पनि उनको स्तरमा पुग्नका लागि डोमिनिकले ठुलै कसरत गर्नुपर्नेछ ।
यदि यी परिक्षामा सफल भएमा सन् २०२३ मा हुने निर्वाचनमा डोमिनिकको सिट सुरक्षित हुनेछ ।
तपाईको प्रतिक्रिया