नेपालको साफ जित्ने धोको अधुरै रह्यो । भारतसंग भारी गोलले पराजित
काठमाडौ/ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई ३–० गोल अन्तरले हराएको हो । भारत आठौ पटकउपाधी जित्न सफल भएको छ ।
माल्दिभ्सको राजधानी मालेमा शनिबार खेल भएको थियो । पहिलो हाफ बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमा नै भारतलेलगातार दुई गोल गरेको थियो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमलेभारतको अग्रता दोब्बर बनाए ।
खेलको इन्जरी टाइममा साहल अब्दुल समदले गोल गर्दै भारतका लागि उपाधि सुनिश्चित गरे ।
नेपालमाथि हावी भएको भारतले नेपाली पोष्टमा १९ पटक प्रहार गरेको थियो, जसमध्ये ८ सही दिशामा थियो । नेपालले भने सिंगो खेलअवधिभर जम्मा ६ पटक भारतीय पोष्टमा प्रहार गरेको थियो र त्यसमध्ये एउटा मात्र सही दिशामा थियो ।
नेपालले यसअघि खेलेका १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएकोछ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको थियो। photo- ANFA
तपाईको प्रतिक्रिया