अष्ट्रेलियाले मंगलबारदेखि भ्याक्सिन पासपोर्ट जारी गर्दै, विदेश जानलाई अनिवार्य
सिड्नी/मंगलबार अक्टोबर १९ तारिख देखि अष्ट्रेलियाले विदेश जानका लागि भ्याक्सिन पासपोर्ट जारी गर्ने भएको छ । विदेश जानका लागि खोप लगाएको यहि प्रमाणपत्र देखाउनुपर्ने छ ।
माइ गभ एकाउन्टमा हाल उल्लेख भएकै जस्तो देखि अन्तराष्ट्रिय रुपमै स्क्यान गर्न सकिने प्रमाणपत्र मंगलबारबाट डाउनलोड गर्न सकिनेछ । जसका लागि दुबै खोप लगाएका व्यक्तिले माइगभ एकाउन्ट लगइन गर्नुपर्नेछ । यस प्रमाणपत्रमा डिजिटल क्युआर कोड राखिएको हुन्छ, जसलाई विदेशका सिमा सुरक्षा अधिकारीहरुले समेत स्क्यान गरेर विवरण हेर्न सक्छन् ।
विदेश जान चाहाने अष्ट्रेलियाका व्यक्तिहरुले विदेशी अधिकारीहरुलाई आफ्नो खोप बारे यहि प्रमाणपत्र मार्फत जानकारी दिन सक्नेछन् । खोपको विवरण राहदानीको विवरणसंग जोडिने छ । मेडिकेयरबाट खोपको विवरण प्राप्त भएपछि यसलाई प्रिन्ट गरेर वा स्मार्ट फोनमा सुरक्षित राख्न सकिनेछ । यस क्युआर कोडमा उच्च सुरक्षा सतर्कता अपनाइएको संघिय सरकारले जनाएको छ ।
विदेशी नागरिकले समेत अष्ट्रेलियामा लगाएको खोपको विवरण आफ्नो पासपोर्टमा समावेश गर्न सक्नेछन् । जसका लागि पनि माइगभ एकाउन्टमा लगइन गनुपर्दछ । यसअघि प्रधानमन्त्रीले स्कट मोरिसनले दुबै खोप लगाउने अष्ट्रेलियन नागरिक र पिआरवालाले आगामी नोभेम्बर देखि विदेश यात्रा गर्न पाउने घोषणा गरिसक्नु भएको छ ।
तपाईको प्रतिक्रिया