Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsयती एयरलाइन्सले पायो नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति

यती एयरलाइन्सले पायो नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति


काठमाडौं । नेपालमा आन्तरिक उडान भर्दै आएको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्ने अनुमति (एओसी) पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय चार्टर्ड र ‘ननसेड्युल फ्लाइट’ उडान गर्नका लागि यती एयरलाइन्सलाई उडान अनुमति दिएको हो ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले चार्टर्ड उडान तथा कार्गो उडानका लागि एओसी पाएको जानकारी दिनुभयो । अनुमति प्राप्त गरेसँगै दक्षिण पूर्वी एसियाली राष्ट्र म्यानमार, थाइल्याण्ड, कम्बोडिया र भियतनाममा क्रमशः उडान थाल्ने एयरलाइन्सले जानकारी दिएको छ । दक्षिण एसियाली राष्ट्रहरु बङ्गलादेश, श्रीलङ्का, भूटान, भारतलगायतका देशमा तत्कालै उडान गर्ने गरी तयारी भैरहेको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो । यात्रु चार्टर्ड र कार्गो उडानको अवस्थालाई हेरेर दक्षिण पूर्वी एसियाली मुलुकमा क्रमशः नियमित उडान गरिने तयारी एयरलाइन्सले गरेको बताइएको छ ।

धार्मिक पर्यटक बढीभन्दा बढी नेपाल भित्र्याउने उद्देश्यका साथ कम्पनीले चार्टर्ड उडान भर्ने योजना बनाएको जनाएको छ । यती एयरलाइन्ससँग हाल छोटा दूरी तथा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्नसक्ने क्षमताका पाँच थान एटीआर–७२ जहाज रहेका छन् । यसअघि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले उडान अनुमति पाइसकेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ