Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaफेरि बढ्न थाल्यो भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोना संक्रमण

फेरि बढ्न थाल्यो भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोना संक्रमण


ब्रिजबेन,अष्ट्रेलिया । भिक्टोरिया र न्यु साउथ वेल्समा नियन्त्रण उन्मुख देखिएको कोरोनाको संक्रमणदर फेरि उकालो लाग्न थालेको छ । भिक्टोरियामा मात्रै पछिल्लो २४ घण्टामा १ हजार २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य विभागका अनुसार ५० हजार १८० जनाको स्वाब परीक्षणबाट १२ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा भिक्टोरियामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

यता, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा समेत ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको ९४ हजार ६६१ परीक्षणमा ३ सय ९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको हो । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा मात्रै ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

भिक्टोरिया र न्यु साउथ वेल्समा गत दिनको तुलनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या बढेसँगै महामारिको जोखिमको चिन्ता थप बढेको छ । विभिन्न राज्यका सीमा नाका खुलाएर शैक्षिक गतिबिधिलाई तिब्रता दिने तयारी भैरहँदा कोरोना महामारि बढेर प्रभावित हुने चिन्ता पनि बढ्न थालेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ