आजदेखि कुइन्ल्याण्डका अधिकांश स्थानमा मास्क लगाउन नपर्ने । लगाउनुपर्ने ठाउ यस्ता छन् ।
ब्रिजवेन/कुइन्सल्याण्ड राज्यमा १६ वर्षभन्दा माथीका व्यक्तिमध्ये ८० प्रतिशत भन्दा धेरैले कम्तिमा कोरोनाका पहिलो खोप लगाएका छन् । यो उपलब्धीसंगै कुइन्सल्याण्डकी प्रिमियर एनेस्थेसिया पालासेले अब राज्यको अधिकांश स्थानमा मास्क लगाउन नपर्ने घोषणा गर्नुभएको छ ।
प्रिमियरले सामाजिक संजालमा पोष्ट गर्दैै आजदेखि भवनभित्रका संरचनाहरु विद्यालय, क्याफे, पब, हेयर ड्रेसर र कार्यलयहरुमा मास्क लगाउन नपर्ने घोषणा गर्नुभएको हो । प्रिमियरले कोरानाको समयमा राज्यका बासिन्दाको योगदानको कदर गर्दै मास्क लगाउन नपर्ने पुरस्कार दिएको बताउनुभएको छ । कुइन्सल्याण्डमा दुबै खोप लगाउने १६ वर्षमाथीकाको संख्या ६८.३ प्रतिशत मात्र छ ।
यी ठाउमा भने अझै मास्क लगाउनुपर्ने
संघिय नियम अनुसार अझै पनि कुइन्सल्याण्डको विमानस्थलहरु तथा विमानभित्र अझै पनि मास्क लगाउनुपर्नेछ । त्यस्तै सार्वजनिक यातायातका साधनहरु बस, ट्याक्सी र राइड सेयर प्रयोग गर्दा समेत मास्क अनिवार्य गरिएको छ । त्यस्तै सामाजिक रुपमा दुरी कायम गर्न नसक्ने स्थानहरुमा मास्क लगाउन पनि अनुरोध गरिएको छ ।
तपाईको प्रतिक्रिया