Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपालको खेल हेर्न अष्ट्रेलियाका नेपालीको यस्तो छ तयारी । खेलाडीलाई ५० हजार सहयोग (भिडियो सहित)

नेपालको खेल हेर्न अष्ट्रेलियाका नेपालीको यस्तो छ तयारी । खेलाडीलाई ५० हजार सहयोग (भिडियो सहित)


सरल गुरुङ

विश्वकप छनोट खेल्न नेपाली खेलाडी अक्टोवर ३ मा अष्ट्रेलिया आउदैछन् । जसले यहाँको नेपाली समुदायलाई उत्साहित बनाएकोछ । त्यसमाथी पनि कर्मभूमी अष्ट्रेलियासंग भिडन्त हुने भएपछि त नेपालीहरुको फुटवल नसा ह्वातै बढेको छ ।

फुटवल खेल्न अष्ट्रेलिया आउने खेलाडीलाई यहाँका नेपालीले ५ दिनसम्म बस्ने खाने र अभ्यास गर्ने मेलो मात्रै मिलाएका छैनन् बरु राष्ट्रिय झण्डा बोकेर फुटवल हेर्ने तयारी समेत गरिसकेका छन् । अक्टोबर १० मा राजधानी क्यानेवरामा हुने छनोट खेल हेर्न यहाँको नेपालीहरुको तयारी हेर्दा मनै लोभिन्छ ।

सिड्नीका दिल तामाङले त कारमा फुटवल हेर्न जाने नेपालीका लागि राष्ट्रिय झण्डाको व्यवस्था गरेका छन् । फुटवलकै लागि भनेर तामाङले चीनबाट ३५ सय झण्डा झिकाएका हुन् । सिड्नीको नेपाली ग्रोसरी पसलमा एक सेटको १५ डलरमा झण्डा किन्न पाइन्छ । कारमा दुबैतिर झण्डा फहराउदै क्यानवेरा जादा नेपाली टिमको उत्साह कत्ति बढ्ला सजिलै अनुमान गर्न सकिन्छ । त्यसो त क्यानवेराबाट टाढा रहेका शहरहरु ब्रिजवेन, मेलवर्न, पर्थ, एसिलेड जस्ता शहरहरुमा बस्ने नेपालीहरुले समेत हवाई टिकट र होटल बुकिङ गरिसकेका छन् । क्यानवेराको रंगाशालामा नेपाली फ्यानहरुलाई लागि छुट्याइएको विशेष सिटको टिकट बिक्री हप्तौ अगाडी सोल्ड आउट भइसकेको छ । यसले पनि जन्मभूमी र कर्मभूमीबिचको विश्वकप छनोट खेल हेर्न अष्ट्रेलियाका नेपाली कत्ति आतुर छन् भन्ने प्रष्ट हुन्छ ।

भिडियो हेर्नुस

खेलाडीलाई ५० हजार अक्टोवर १० मा हुने छनोट खेल खेल्न खेलाडीहरु अक्टोबर ३ तारिखमा सिड्नी उत्रिने तयारी छ । अखिल नेपाल फुटवल संघ एन्फाले खेल हुनु एक दिन अगाडीमात्रै खेलाडीलाई अष्ट्रेलिया पठाउन लागेको थियो । तर, लामो हवाइ यात्राको थकान र यहाको वातावरणमा घुलमिल नहुदै खेल्दा खेलाडीको प्रस्तुतीमा असर पर्ने बुझेपछि यहाका नेपालीले एक साता अगाडी नै खेलाडीलाई अष्ट्रेलिया बोलाउन लागेको हो । जसका लागि अष्ट्रेलियन नेपलिज फुटवल एशोसियसन एन्फा) र गैर आवासिय नेपाली संघ अष्ट्रेलियाले ५० हजार डलर खर्च गर्दैछन् । २१ जना खेलाडी र अफिसियल गरि ३२ जनालाई ५ दिनसम्म बस्ने, खाने र खेल अभ्यास गर्ने व्यवस्था गर्न लागिएको हो ।

खेलाडीलाई अभ्यास गर्न सिड्नीको क्याम्पेल टाउनको स्पोर्ट क्लब बुक गरिसकेको छ । खेलाडीहरु पाच दिनसम्मै त्यहिको होस्टेलमा बस्नेछन् । खेलाडीहरुको व्यवस्थापनमा लाग्ने खर्च यहाकै नेपालीहरुले स्वतस्र्फुत सहयोग उठाएका हुना् । खेलाडीहरुलाई नैतिक रुपमा दरिलो बनाउन एन्फा र एनआरएनए मिलेर ६ अक्टोबरमा पारामाटटमा गाला डिनर समेतको आयोजना गरिएको छ । खर्च कटाएर बचेको रकम पनि खेलाडीहरुको बिमा गर्न सहयोग गरिने तयारी छ ।

अष्ट्रेलियाको अर्थ, राजनीति र सामाजिक क्षेत्रमा नेपालीको प्रभाव बढ्दै जादा फुटवलमा पनि नेपालले जितोस् भन्ने यहाका नेपालीको चाहाना छ । इतिहासमै पहिलो पटक फुटवलको मैदानमा भिड्न लागेका नेपाल र अष्ट्रेलियाको यो खेल यहाको नेपालीलाई राष्ट्रियता झल्काउने मेलो समेत बनेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ