Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsनेपथ्यको कन्सर्ट भव्य । जथाभावी गरेपछि निकालिए २० जना

नेपथ्यको कन्सर्ट भव्य । जथाभावी गरेपछि निकालिए २० जना


व्रिजवेन

नेपाली लोकपप व्याण्ड नेपथ्यको कन्सर्ट व्रिजवेनमा भव्य भएको छ । फर्चिच्युड भ्यालीको हलमा मंगलबार साँझ भएको कन्सर्टमा २५ सय मानिस सहभागी भएको आयोजकले जनाएको छ । साँझ ८ बजे मञ्चमा उक्लिएका नेपथ्यले झण्डै दुई घण्टा दर्शक नचाएको थियो ।
कन्सर्ट अघि नेपथ्यको चर्चित गितहरुको मोन्टाज बज्दा दर्शक खुसीले उफ्रिएका थिए । त्यसपछि स्जेट उक्लिएका अमृत गुरुङले आँगनै भरी गितबाट कन्सर्टको उद्घाटन गरे । त्यसपछि भेडाको उन जस्तो, जोमसोमे बजारमा र यो जिन्दगानी गाउदा दर्शकहरु झन् झन् झुमिरहेका थिए । जतिजति नेपथ्यका लोकप्रिय गितको प्रस्तुती बढिरहेको थियो हातहातमा राष्ट्रिय झण्डा बोकेका दर्शकहरु मोहित भईरहेका थिए ।

गितको बिचबिचमा स्टेजबाट अमृत गुरुङले नेपालका डाँडापाखा, खोलानाला र हिमालहरुले सम्झिरहेकाले नेपाल फर्कन आग्रह गर्दा माहौल भावुक बनेको थियो ।

आफ्नै साउण्ड प्राविधिकसहित मञ्चमा उत्रिएका अमृत गुरुङले अन्तिमतिर रातो र चन्द्र सुर्य गित गाउदा दर्शकहरुले राष्ट्रिय झण्डा फराएर साथ दिएका थिए ।

उमेरले ५१ टेकेका अमृतको जोश स्टेजमा १६ वर्षे ठिटोको जस्तो देखिएको थियो । लामो कपाल हल्लाउदै र बेलाबेला कम्मर मर्काउदै रक पारामा गर्ने प्रस्तुतीले नै हो अमृतलाई पृथक बनाएको हो ।
स्टेजमा चढेर सुरुमै अष्ट्रेलियाका संगितप्रेमी नेपालीलाई धन्यवाद दिएका अमृतले पुरापुर २ घण्टा वेजोड प्रस्तुतीले दर्शकलाई रसपान गराईरहे ।


नेपथ्यको यो चौथो अष्ट्रेलिया यात्रा हो । श्रृंखलाबद्ध प्रस्तुति लिएर लोकरक ब्याण्ड नेपथ्यले सन् २००९ मा पहिलो पटक अष्ट्रेलियाको सांगीतिक यात्रा सुरु गरेको थियो ।

ब्रिसबेनपछि नेपथ्यले नोभेम्बर २२ तारिखडार्बिनमा, एडिलेडमा डिसेम्बर ३, होबार्टमा डिसेम्बर ८, सिड्नीमा डिसेम्बर १४ मा प्रस्तुति दिनेछ । यस यात्राको अन्तिम कार्यक्रम मेलवर्नमा डिसेम्बर २३ का दिन हुनेछ।

अभद्र व्यवहारपछि २० जना निकालिए

नेपथ्यको कन्सर्ट हेर्न भ्यालीको फर्चिच्युड हलमा जम्मा भएका दर्शकमध्ये केहीले अभद्र व्यवहार गरेका छन् । बढी मदिरा पिएर एक आपसमा तानातान गर्ने, अपशब्द बोल्ने र नजिकै नाचेका युवतीलाई ठेलठाल गरेपछि २० जना युवालाई कन्सर्ट हलबाट बाहिर निकालिएको आयोजकले जनाएको छ ।

नेपथ्यको कन्सर्ट सुरु हुनु अघि देखि नै मदिरामा मातिसकेका ती युवाहरु कन्सर्ट सुरु भएपछि झनै अभद्र भएका थिए । ठेलठाल गरेपछि एक युवतीले नजिकै रहेको सेक्युरिटी गार्डलाई गुनासो गरेकी थिईन् । सेक्युरिटीले सम्झाउदा समेत नमानेपछि कन्सर्ट जारी हुदै उनीहरुलाइ बाहिर निकालिएको थियो । बाहिर निकालिएपछि भित्र छिर्न आयोजकसंग हार गुहार गरेपनि उनीहरुलाई सेक्युरिटीले भित्र छिर्न दिएन । कन्सर्ट परिसरमा उच्च सुरक्षा अपनाईएको थियो ।त्यति प्रतिष्ठित ब्याण्डको कार्यक्रममा केही व्यक्तीले हुलहुज्जत गरेपछि आयोजकले दुख व्यक्त गरेको छ ।

कन्सर्ट परिसरमै बार भएकाले मदिरा सहजै उपलब्ध थियो । तर, कन्सर्ट हेर्न आउनेले मदिराको मात्र मिलाउन नसक्दा छिटफुट घटना भएको आयोजकको भनाई छ ।

पासपोर्ट होईन, फोटो आईडी बोकौँ

नेपथ्यको कन्सर्ट हेर्न आउने आधाजति दर्शक युवा विद्यार्थी थिए । उनीहरु कन्सर्ट हलमा प्रवेश गर्नका लागि हातहातमा पासपोर्ट बोकेर आएका थिए । यसले पासपोर्ट हराउने, च्यातिने र मदिरामा भिज्ने डर बढाएको थियो ।

अष्ट्रेलियामा मदिरा बिक्री हुने, पप, बार र कार्यक्रम स्थलमा छिर्न १८ वर्ष उमेर पुगेको हुनुपर्छ । उमेर पुष्टी गर्नका लागि फोटोसहितको परिचयपत्र देखाउनुपर्ने कानुन छ ।
फोटो सहितको परिचय पत्रका लागि नेपाली विद्यार्थीले पासपोर्ट देखाउने गरेका हुन् । मदिरा खाने र नाचगान गर्न जादा पनि पासपोर्ट बाकेर जानु जोखिमपुर्ण हुनसक्छ । पासपोर्ट हराईहाले त्यसमा भएको व्यक्तिगत विवरणको दुरुपयोग हुनसक्छ । तपाईको पासपोर्ट अपराधीले दुरुपयोग गर्न सक्छ । जसले तपाई प्रहरी फन्दामा पर्ने डर समेत हुन सक्छ । भिसा लागेको पासपोर्ट च्यातियो वा मदिरा वा पानीले भिजायो भने नयाँ बनाउन क्यानवेरा नै जानुपर्ने हुन्छ । त्यसैले यस्तो भिडभाडमा पासपोर्ट बोकेर हिड्न हुदैन ।

कुईन्सल्याण्ड लगायत अष्ट्रेलियाको राज्यहरुमा १५ वर्ष पुगेपछि फोटोसहितको कार्ड बनाउन पाईन्छ । विदेशीको हकमा पासपोर्ट र ठेगाना उपलब्ध गराएपछि फोटो आईडी बनाउन पाईन्छ । जसका लागि तपाई कुईन्सल्याण्डमा हो भने सरकारको ट्रान्सपोर्ट तथा मोटरिङ विभागमा जानुपर्छ । त्यहा भएको फारम र दस्तुर ७० डलर ५५ सेन्ट तिरेपछि एक हप्तामा घरमै फोटो आईडी आईपुग्छ । फोटो आईडी नै अष्ट्रेलियाभरी सबै निकायमा तपाईको परिचयपत्रको रुपमा देखाउन मिल्छ। सामान्य प्रयोजनका लागि पासपोर्ट देखाईरहनुपर्दैन ।

फोटो आईडीको थप जानकारीका लागि यसमा थिच्नुहोस् 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ