Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNewsअष्ट्रेलियामा क्वारेन्टीनबाट भागेर गलफ्रेण्ड भेट्न पुगे एक युवक । ५० हजार डलरसम्म जरिवाना हुनसक्ने

अष्ट्रेलियामा क्वारेन्टीनबाट भागेर गलफ्रेण्ड भेट्न पुगे एक युवक । ५० हजार डलरसम्म जरिवाना हुनसक्ने


ब्रिजवेन
सेल्फ क्वारेन्टिनमा बसेका एक युवकले ढोको फोडेर गलफ्रेण्ड भेट्न जादा निकै ठुलो जरिवाना तिर्नु पर्ने भएको छ ।
भिक्टोरियाका ३५ वर्षिय यी युवक मार्चको अन्तिम साता पर्थ पुगेका थिए । स्थानिय नियम अनुसार उनी १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नु पर्थ्यो । त्यसैले सुरक्षाकर्मीको निगरानीमा पर्थको एक होटलमा उनलाई सेल्फ क्वारेन्टिनमा राखिएको थियो ।
तर, नियमको उल्लघंन गर्दै ती युवक होटलको फायर एक्जिट डोर फोडेर गलफ्रेण्ड भेट्न गएका थिए । उनी अप्रिल १३ सम्म सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने थियो ।
वेष्टर्न अष्ट्रेलिया प्रहरीका अनुसार ती युवक होटलबाट निस्केर सार्वजनिक बस चढेर महानगरपालिकाकै अर्को स्थान पुगी गलफ्रेड भेटेर पुन लुसुक्क होटलमा फर्किएका थिए ।

उनलाई नियम नमानेको आरोपमा प्रहरीले हिरासतमा लिएको छ । उनले फेरि पनि नियम तोड्न सक्ने र अन्य मानिसलाई जोखिम हुन सक्ने भन्दै अदालतले जमानत दिन अस्विकार गरेको छ ।
प्रहरी हिरासतमै रहेका ती युवकलाई बिहिबार भिडियो लिंकमार्फत सुनुवाईमा पेश गरिदैछ ।
होटलबाट हिरासतमा पुगेका ती युवकले अब ५० हजार डलरसम्म जरिवाना तिर्नुपर्नेछ ।
उनले गलत काम गरे, अब उनले कानुनी सजाय पनि भोग्नुपर्छ प्रहरीले भने । कोरोना फैलन नदिन अष्ट्रेलियाले सामाजिक दुरी र विदेश वा अन्य राज्यबाट आउनेले अनिवार्य रुपमा १४ दिन सेल्फ क्वारेन्टिनमा बस्नुपर्ने नियम लागु गरेको छ ।
यसअघि सरकारले अष्ट्रेलियामा दुइ जनाभन्दा बढी मानिस एकै स्थानमा भेला हुन नपाउने नियम लागु गरेको छ ।
यदि अटेर गरि दुई जनाभन्दा बढी भेला भएमा पहिलो पटक १ हजार डलर जरिवाना तिर्नु पर्ने छ । यदि यो क्रम दोहोरिएमा ती व्यक्तिलाई अदालतसामु लगेर ६ महिनासम्म जेल र ११ हजार डलरसम्म सजाय हुन सक्ने अधिकारीहरुले बताएका छन् ।

यो नियमको सजाय राज्य अनुसार फरक फरक हुनसक्छ ।
अष्ट्रेलियाका मुख्य स्वास्थ्य प्रमुख ब्रेन्डन मर्फीले यो निर्णय कठोर भएपनि भाइरसको संक्रमण रोक्न अत्यावश्यक रहेको बताए । यसअघि सरकारले १० जना भन्दा बढी भेला हुन रोकेको थियो ।
विवहामा अझै पनि ५ र मलामीमा १० जना जम्मा हुन पाउनेछन् तर, डेढ मिटरको समाजिक दुरी भने कायम राख्नुपर्नेछ ।
त्यस्तै बाहिर रहेको जिम, स्केट पार्क पनि बन्द छन् ।
सरकारले ७० वर्ष उमेर भन्दा बढीका नागरिकलाई घरमै सेल्फ आईसोलेसनमा बस्न अनुरोध गरेको छ । त्यस्तै ६० वर्ष कटेका दीर्घ रोगी र ५० वर्ष माथीका आदिवासी मानिसलाई समेत घरमै बस्न सरकारले अनुरोध गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ