Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना संक्रमित गायिका कनिका कपुर डिस्चार्ज

कोरोना संक्रमित गायिका कनिका कपुर डिस्चार्ज


काठमाडौं – बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना भाइरसबाट संक्रमित गायिका कपुर उत्तर प्रदेशको लखनउस्थित एसजीपीजीआई अस्पतालमा दुई सातादेखि उपचार गरिरहेकी थिइन् ।

लखनउकै किङ जर्ज मेडिकल कलेजले कोरोना संक्रमणको पुष्टि गरेपछि गायिका कनिकालाई मार्च २० मा अस्पतालमा भर्ना गरिएको थियो ।

पीजीआईमा उनको पाँचपटक परीक्षण गरिएको थियो । सोमबार लगातार दोस्रोपटक रिपोर्ट नेगेटिभ देखिएपछि कनिकालाई अस्पतालले डिस्चार्ज गरेको बीबीसीले जनाएको छ । अस्पतालले उनलाई १४ दिनसम्म घरमै क्वारेटाइनमा बस्न सल्लाह दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ