Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनियन्त्रणमा आउँदै भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोना, दक्षिण अफ्रिकी भेरियन्टको चिन्ता !

नियन्त्रणमा आउँदै भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोना, दक्षिण अफ्रिकी भेरियन्टको चिन्ता !


ब्रिजबेन,अष्ट्रेलिया । अष्ट्रेलियामा अहिलेसम्म दक्षिण अफ्रिकामा पहिचान भएको कोरोनाको नयाँ भेरियन्ट नभेटिएपछि भिक्टोरिया र न्यु साउथ वेल्समा भने कोरोना महामारिको प्रकोप कायमै छ ।

पछिल्लो २४ घण्टामात्रै भिक्टोरियामा १ हजार ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विभागका अनुसार ५२ हजार ९३० जनाको स्वाब परीक्षणबाट यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । भिक्टोरियामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या नै ११ हजार ३३१ रहेको छ ।

यता न्यु साउथ वेल्समा समेत पछिल्लो २४ घण्टामा १ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५४ हजार १५० को स्वाब परीक्षणमार्फत यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको हो । कोपको तिब्रतासँगै यो राज्यमा मृत्युदर भने घटेको छ । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

यी दुई राज्यमा कोरोनाविरुद्धको खोपले तिब्रता पाएपनि महामारि नियन्त्रणमा आउन सकेको छैन । जनस्वास्थ्यका मापदण्डमा कडाई गरिएपनि स्थानीय नागरिकको आफन्तबीचको ओहोरदोहोर र हिमचिम कोरोना महामारि नियन्त्रणमा बाधक बनेको आँकलन गरिएको छ । पूर्ण रुपको बन्दाबन्दीको चर्को बिरोध भएपछि हतारोमा कमजोर बनाइएको प्रतिबन्धका नियमले पनि कोरोना संक्रमणको विस्तारमा सघाएका छन् । स्वास्थ्य अधिकारिहरु अबको केही दिनबाटै कोरोना संक्रमणको फिगर घटेर नियन्त्रण उन्मुख देखिने दाबी गरिरहेका छन् ।

अष्ट्रेलियामा नयाँ भेरियन्टको प्रकोप रोक्न उच्च सतर्कता
नर्दन टेरिटोरीको हावार्ट क्वारेन्टिनमा आईसोलसनमा बसेका एकयात्रुमा नयाँ प्रजातिको कोरोना परिक्षण गरिएको छ । अफ्रिकाबाट आएका यी यात्रु बाहेकमा नयाँ प्रजातिको कोरोनाको आशंका गरिएको छैन । यद्यपी अफ्रिकाबाट पछिल्लो १४ दिनमा १ सययात्रु अष्ट्रेलिया आएका छन् । अफ्रिकी मुलुकबाट बढ्नसक्ने जोखिमलाई मध्येनजर गर्दै ९ देशमाथी यात्रा प्रतिबन्ध लगाएको अष्ट्रेलियाले जनस्वास्थ्यका मापदण्डको कडाईका साथ पालना गर्न आह्वान गरेको छ । विदेशबाट आउनेमाथी १४ दिने क्वारेन्टिनको व्यवस्था, दुबै डोज खोप लगाएकाहरुमाथी समेत ७२ घण्टे आइसोलेशनको व्यवस्था लागू गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ