Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया र न्यु साउथ वेल्समा किन बढ्दैछ कोरोना संक्रमण ? सीमा नाकामा थप कडाई

भिक्टोरिया र न्यु साउथ वेल्समा किन बढ्दैछ कोरोना संक्रमण ? सीमा नाकामा थप कडाई


ब्रिजबेन,अष्ट्रेलिया । भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । मंगलबारको तुलनामा यी दुबै राज्यमा कोरोना संक्रमण बढेको हो ।

भिक्टोरियामा पछिल्लो २४ घण्टामा १ हजार १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७४ हजार २५२ जनाको स्वाब परीक्षणबाट यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा मात्रै भिक्टोरियामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । भिक्टोरियामा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ९ सय ५९ पुगेको छ ।

यता, न्यु साउथ वेल्समा पनि अघिल्लो दिनको तुलनामा कोरोना संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा २ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८५ हजार ४०३ जनाको स्वाब परीक्षणबाट यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको हो । न्यु साउथ वेल्समा पछिल्लो २४ घण्टाका कोरोना संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेको छैन ।

कोरोना विरुद्धको खोपलाई तिब्रता दिएपनि यी दुई राज्यको संक्रमण नियन्त्रणमा नआउँदा स्वास्थ्य अधिकारिहरु थप चिन्तित बनेका छन् । अझ कोभिड–१९ को ओमिक्रोन भेरियन्ट समेत अष्ट्रेलियाका लागि चुनौती बनेको छ । डिसेम्बर एकबाट सीमा खोल्ने सरकारको योजना नयाँ भेरियन्टको जोखिमका कारण स्थगन भएको छ । अहिले नयाँ भेरियन्टको सम्भावित जोखिम रोक्नका लागि क्वारेन्टिनका नियमसँगै सीमा नाकामा बिशेष कडाई गरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ