Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया र न्यु साउथ वेल्सपछि क्वीन्सल्यण्ड समेत कोरोनाको उच्च जोखिममा

भिक्टोरिया र न्यु साउथ वेल्सपछि क्वीन्सल्यण्ड समेत कोरोनाको उच्च जोखिममा


ब्रिजबेन, अष्ट्रेलिया । क्वीन्सल्याण्ड राज्यमा समेत कोरोना संक्रमणको जोखिम बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा गरिएको १० हजार १९४ स्वाब परिक्षणबाट होटल क्वारेन्टिनमा बसेका २ विदेशी, २ जना अष्ट्रेलियाकै अन्य राज्यबाट आएका व्यक्ति र ३ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमित डेल्टा भेरियन्टको नभएको स्वास्थ्य अधिकारिहरुले बताएपछि ओमोक्रोन भए नभएको पुष्टि भने भैसकेको छैन । क्वीन्सल्याण्डमा अहिलेसम्म कोरोनाका ३० सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्री एभेट डीआथले थप जोखिम बढ्न नदिन राज्य सरकारबाट प्रयास भैरहेको जानकारी दिनुभयो । क्वीन्सल्याण्डमा १६ वर्षमाथीका योग्य नागरिकमध्ये ७७ दशमलब ७ प्रतिशतले पूर्ण खोप र ८७ दशमलब ३ प्रतिशतले खोपको पहिलो मात्रा लगाइसकिएको छ ।

पछिल्लो २४ घण्टामा संकास्पद देखिएका १० हजार १९४ को स्वाब परीक्षण र १० हजार ५ सय ७३ जनालाई कोरोना विरुद्धको खोप लगाइएको मन्त्री डीआथले जानकारी दिनुभयो । साथै एडिलेड क्षेत्रलाई हटस्पटका रुपमा परिभाषित गर्दै डिसेम्बर ६ तारेखदेखी यो क्षेत्रबाट क्वीन्सल्याण्ड आउँदा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्ने, यात्राका क्रममा पूर्ण खोप लगाएको प्रमाण पत्रका साथै ७२ घण्टाभित्रको कोरोना जाँचको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।

भिक्टोरिया र न्यु साउथ वेल्समा बढ्दै संक्रमण
भिक्टोरियामा पछिल्लो २४ घण्टामा १ हजार ३६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६७ हजार ५४५ जनाको स्वाब परीक्षणबाट यी संक्रमित पहिचान भएको स्वास्थ्य विभागले जानकारी दिएको हो । भिक्टोरियामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार ३८३ पुगेको छ ।

यता, पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६८ हजार ४३५ स्वाब परीक्षणमार्फत यी संक्रमित पहिचान भएका हुन् । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ