Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaकोरोनाको ओमिक्रोन भेरियन्टको रहस्य खोज्दै विश्वभरका बैज्ञानिक, अष्ट्रेलियामा हुँदैछ यस्तो अध्ययन

कोरोनाको ओमिक्रोन भेरियन्टको रहस्य खोज्दै विश्वभरका बैज्ञानिक, अष्ट्रेलियामा हुँदैछ यस्तो अध्ययन


ब्रिजबेन, अष्ट्रेसलया । दक्षिण अफ्रिकामा पहिचान भएर विश्वभर महामारिको त्रासदी बढाइरहेको कोरोनाको नयाँ भेरियन्ट भेरियन्ट अफ कन्सर्न ओमिक्रोनको उत्पत्ति, अनुक्रस र असर बारेको अनुसन्धानलाई अष्ट्रेलियामा तिब्रता दिइएको छ । गत हप्तादेखि भाइरोलोजिस्ट सारा पाल्मरसहित सिड्नीको वेस्टमीड इन्स्टिच्युटको सेन्टर फर भाइरस रिसर्चका विज्ञहरु कोभिड–१९ कोरोनाको ओमिक्रोन भेरियन्टको रहस्यहरू खोज्न दिनरात ब्यस्त भएका हुन ।

प्रोफेसर पाल्मर र पोस्ट–डक्टोरल साथी युनोक लीले नोभेम्बरदेखि विश्वभरका बिरामीहरूबाट लिइएका ओमिक्रोन अनुक्रमहरूको संग्रहबाट प्रमाणहरू जम्मा गरेका छन्। मिशनका रुपमा सुरु गरेको यो अध्ययनबाट छिट्टै भेरियन्ट बुझ्ने प्रयास गरेर ओमिक्रोनले के गर्न सक्छ, यसको जोखिम कति छ ? खोपपछि र नलगाउँदाको असर लगायतका बिषयमा छिट्टै निष्कर्ष सार्वजनिक गर्ने बताइएको छ । यो अध्ययनले भाइरस भित्र के भइरहेको छ भन्ने बारे थप बुझेर अध्ययन निष्कर्ष सावजनिक गर्नेछ।

अन्वेषकहरूले पहिले नै अघिल्लो संस्करणहरूसँग तुलना गर्दा यसको स्पाइक प्रोटीनमा ठूलो संख्यामा उत्परिवर्तनहरू देखापरेको बताइसकेका छन् । यसलाई थप परिपक्व रुपमा पाल्मरको अनुसन्धान टोलीले अगाडि बढाउने आशा गरिएको छ। गत हप्ताबाट सुरु गरिएको अध्ययनले केही उत्परिवर्तनहरूको प्रकृतिको बारेमा जानकारी गराएको छ । यो अध्ययन दक्षिण अफ्रिकाबाट बाहिरिएको ओमिक्रोन भेरियन्ट बारे बुझ्न प्रभावकारि हुने विश्वास गरिएको छ ।

प्रारम्भिक अध्यननका क्रममा विज्ञहरुले सिमाना बन्द गर्न विश्वभरबाट गरिएको हतारो भन्दा अष्ट्रेलियाको नयाँ आरामदायी सीमा व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन् । यो सुझाबमा डेकिन युनिभर्सिटीका महामारी विज्ञानका अध्यक्ष प्रोफेसर क्याथरिन बेनेट समेत सहमत देखिनुभएको छ । ओमोक्रोनको जोखिम उच्च भएको हल्लासँगै दक्षिण अष्ट्रेलियाले शनिबारबाट राज्यको भर्खरै खोलिएका सिमानाहरुमा कडाई गर्दै प्रवेश गर्न चाहनेहरूका लागि थप परीक्षण, क्वारेन्टिन लगायतका स्वास्थ्य सुरक्षाका लागि चाहिने आवश्यकताहरू थप गरिएको छ । प्रिमियर स्टीभन मार्शलले भर्खरै खोलिएको सिमानाहरू बन्द गरेर नभई ब्यवस्थित गरेर ओमिक्रोनको जोखिमबाट बच्नुपर्ने धारणा राख्नुभएको छ ।

विश्व स्वास्थ्य संगठनका विज्ञहरुले समेत ओमिक्रोनको उत्पत्ति, विगतको भाइरसमा देखिएको परिवर्तन लगायतका बिषयमा अध्ययन गरिरहेका छन् । डब्लुएचओले भेरियन्ट अफ कन्सर्न अर्थाता उच्च जोखिम समूहमा राखेको ओमिक्रोन भेरियन्टको रहश्य खोज्न विश्वभरका स्वास्थ्य बैज्ञानिकहरु खरिएका छन् । जोखिम समूहका रुपमा राखिएको यो भाइरसले पाइरहेको विस्तारले विश्वभर त्रासदी बढाएको छ ।

abc.net.au/ को सहयोगमा 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ