Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएसेज श्रृङ्खलाको पहिलो टेष्टमा अष्ट्रेलियासँग इंग्ल्याण्ड ९ विकेटले पराजित

एसेज श्रृङ्खलाको पहिलो टेष्टमा अष्ट्रेलियासँग इंग्ल्याण्ड ९ विकेटले पराजित


काठमाडौं । एसेज श्रृङ्खला अन्तर्गतको पहिलो टेष्ट अष्ट्रेलियाले जितेको छ । ब्रिजबेनमा इंग्ल्याण्डले दिएको २० रनको लक्ष्य अष्ट्रेलियाले चौथो दिनको खाना समय अघि नै मात्र १ विकेट गुमाएर भेटाएको हो । योसँगै अष्ट्रेलियाले नौ विकेटको जित हात पारेको छ ।

पहिलो पारीमा इंग्ल्याण्डलाई एक सय ४७ रनमा अलआउट गरेको अष्ट्रेलियाले चार सय २५ रन बनाएको थियो । दोस्रो पारीमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अष्ट्रेलियाले इंग्ल्याण्डलाई दुई सय ९७ रनमा अलआउट गरे पनि जम्मा २० रनको लक्ष्य पाएको थियो । दोस्रो पारीमा इंग्ल्याण्डका डेविड मलानले ८२ र कप्तान जोय रुटले ८९ रन बनाएका थिए । बलिङतर्फ अष्ट्रेलियाका नाथन लायनले चार, क्यामरन ग्रिन र प्याट कमिन्सले दुईरदुई तथा मिचेल स्टार्क र जोस हजलउडले एक÷एक विकेट लिए ।

यो जितसँगै अष्ट्रेलियाले पाँच खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । दोस्रो टेष्ट डिसेम्बर १६ तारिखमा एडिलेडमा हुने तालिका रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ