Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा यस्तो छ कोरोना संक्रमणको अवस्था

भिक्टोरिया र न्यु साउथ वेल्स राज्यमा यस्तो छ कोरोना संक्रमणको अवस्था


ब्रिजबेन, अष्ट्रेलिया । पछिल्लो केही दिन यता अष्ट्रेलियाका दुई राज्य भिक्टोरिया र न्यु साउथ वेल्समा कोरोना संक्रमण तिब्र बनेको छ । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा ६ हजार ३९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा गरिएको एक लाख ९ हजार ५४५ परीक्षणमा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको हो । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कसैको मृत्यु भएको छैन् ।

यता, भिक्टोरियामा पछिल्लो २४ घण्टामा १ हजार ६०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७२ हजार ५१९ जनाको परीक्षणबाट यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको हो । भिक्टोरियामा आइतबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या १७ हजार ३९२ पुगेको छ ।

भिक्टोरियामा शनिबार ८३ हजार ४५६ जनाको स्वाब परीक्षणबाट शनिबार २ हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शनिबार भिक्टोरियामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको थियो। शनिबार एक लाख ४९ हजार २६१ जनाको स्वाब परीक्षणबाट न्यु साउथ वेल्समा ६ हजार २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लो केही दिनदेखी यी दुई राज्यमा कोरोना संक्रमणदरमा उच्च बृद्धि देखिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ