Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा एकैदिन ३४ हजार बढीमा कोरोना संक्रमण, सिमा खुल्लै रहला कि बन्द होला ?

अष्ट्रेलियामा एकैदिन ३४ हजार बढीमा कोरोना संक्रमण, सिमा खुल्लै रहला कि बन्द होला ?


ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा ३४ हजार बढी कोरोना संक्रमित थपिएका छन्। अष्ट्रेलियाका विभिन्न राज्यमा पछिल्लो २४ घण्टामा ३४ हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्स राज्यमा मात्रै २० हजार ७९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९६ हजार ७६५ परीक्षणबाट यी संक्रमित पहिचान भएको स्वास्थ्य विभागले जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा न्यु साउथ वेल्समा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ ।

यता,भिक्टोरियामा पछिल्लो २४ घण्टामा ८ हजार ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४४ हजार १६८ जनाको परीक्षणबाट यी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य विभागले जानकारि दिएको हो । भिक्टोरियामा सोमबारमात्रै कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । भिक्टोरियामा सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ११८ रहेको छ ।

क्वीन्सल्याण्डमा पछिल्लो २४ घण्टामा ४ हजार २४९ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा गरिएको ३० हजार ८०६ परीक्षणमा यी संक्रमित पहिचान भएको स्वास्थ्य विभागले जानकारि दिएको हो । यहाँ सोमबार एक ३० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तास्मनिया राज्यमा समेत सोमबार १ हजार ९५० परिक्षणबाट ४ सय ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । तास्मनियामा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार ६९१ पुगेको छ ।

खोप अभियानले तिब्रता पाएपनि अष्ट्रेलियामा कोरोना माहामारिले थप बिस्तार पाएपछि सरकार र स्वास्थ्य अधिकारिहरु चिन्तित बनेका छन् । संक्रमणदर उच्च बिन्दुमा पुगेपछि मृत्युदर भने कम छ । कोरोना महामारिले विस्तार पाएसँगै भर्खरै विद्यार्थीहरुका लागि खोलिएको सिमा बन्द हुँने त हैन भन्ने चासो समेत सर्वत्र देखिएको छ । यद्यपी यसबारे सरकारले कुनै औपचारिक निर्णय गरेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ