Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaबाल यौन दुराचारमा संलग्न २४ वर्षीय श्रीलंकन नागरिक अष्ट्रेलियामा जेल चलान !

बाल यौन दुराचारमा संलग्न २४ वर्षीय श्रीलंकन नागरिक अष्ट्रेलियामा जेल चलान !


अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नमा बसोबास गर्ने २४ वर्षीय श्रीलंकाली नागरिक अनलाइन बाल दुव्यवहार सम्बन्धी कसुरमा जेल चलान भएका छन् । वयस्क युवतीहरुलाई आफ्नो यौन स्पष्ट देखिने तस्बिर र भिडियोहरू पठाउन र उनीहरूको परिवार, साथीहरूलाई घनिष्ठ सामग्री वितरण गर्न र पोस्ट गर्नको लागि जबरजस्ती गरेको आरोपमा उनीमाथी जेल सजाय सुनाइएको हो ।

श्रीलंकाली नागरिकमाथी २५ अनलाइन बाल दुर्व्यवहार सम्बन्धी अपराधमा १३ वर्ष र छ महिनाको गैर–प्यारोल अवधिको थप आठ वर्ष र छ महिनाको जेल सजाय सुनाइएको हो । अष्ट्रेलियाको संघीय पुलिसले २०२० मार्च मा लन्डन मेट्रोपोलिटन पुलिस (एमईटी), फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई) र संयुक्त राज्य अमेरिकाको एन्डोभा प्रहरी विभागबाट १२ र १७ वर्षका युवतीमाथी कथित रूपमा धम्कीपूर्ण सन्देशहरू प्रवाह गरेको गुसोपछि अनुसन्धान अघि बढाएको थियो ।

मेलबर्नबाट एएफपीले उक्त व्यक्तिलाई २०२० सेप्टेम्बर ११ मा गिरफ्तार गरेको थियो । पक्राउ परेका अभियुक्तबाट डिजिटल फोरेन्सिक परीक्षणको लागि धेरै यन्त्रहरू कब्जा गरेसँगै अनलाइन बाल दुर्व्यवहार–सम्बन्धित कसुरमा मुद्धा अघि बढाइएको थियो ।

अनुसन्धानबाट खुलेका तथ्यहरु

अभियुक्तमाथीको निगरानी र बरामद गरिएका यन्त्रहरूबाट प्राप्त प्रमाणहरूले बेलायत, अमेरिका र अष्ट्रेलियाका युवतीहरुमाथी ब्लाकमेल गरेको देखिएको छ । एक नक्कली सोशल मिडिया मार्फत युवतीहरुसँग विश्वास प्राप्त गरेर युवतीहरुले पुरुषलाई घनिष्ठ सामग्री पठाएको देखिएको छ । यसपछि अभियुक्तले यी तस्बिर र भिडियोहरू उनीहरूलाई थप सामग्रीको लागि ब्ल्याकमेल गर्न प्रयोग गरेको, बच्चाहरूले उनको माग अस्वीकार गरेपछि युवतीका धेरै साथीहरू र आफन्तहरूलाई सम्पर्क गरेर उनीहरूलाई फोटो, भिडियोहरू पठाएर ब्लाकमेल गर्नेगरेको खुलेको छ । पीडीत युवतीहरूलाई दर्जनौं सन्देशहरू पठाएर आफ्ना मागहरू पूरा नगरेमा थप यौनजन्य सामग्रीहरू सार्वजनिक गर्ने धम्की दिनेगरेको समेत पाइएको छ ।  Photo : afp.gov.au/



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ