Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaशनिवारदेखि तास्मानियामा नेपाली क्रिकेट लिग हुदै

शनिवारदेखि तास्मानियामा नेपाली क्रिकेट लिग हुदै


होबार्ट/आगामी अप्रिल २३ शनिवारदेखि तास्मानियामा नेपाली क्रिकेट टि २० लिग हुने भएको छ । तास्मानिया नेपलिज क्रिकेट एशोसियसन टिएनसिएले पहिलो पटक लिगको आयोजना गर्न लागेको हो । लिगमा तास्मानियाका ६वटा नेपाली क्रिकेट टिम सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । लिगको उद्घाटन खेल लन्चेष्टरमा भने फाइनल खेल भने मे १ तारिखमा होबार्टमा हुने आयोजकले जानकारी दिएको छ ।

लिगमा तास्मानियाका लन्चेष्टर नेपाली क्रिकेट क्लब, नया, काठमाडौ वारियर, गोरखा लेजेण्ड, एक्सर्ट र यति क्रिकेट क्लब सहभागी हुने तय भएको छ । विजेता टिमले २ हजार र उपविजेताले १५ सय डलर नगद पुरस्कार पाउनेछन् । लिगको प्रयोजकमा ग्रेस इन्टरनेशनल एजुकेशन एण्डा माइग्रेसन तास्मानिया रहेको छ ।

सन् २०१९ मा गठन भएको टिएनसिएले यसपाली पहिलो पटक लिगको आयोजना गर्न लागेको हो । यसअघि आयोजना गर्ने भनिएपनि कोभिडका कारणले सफल हुन नसकेको टिएनसिएका अध्यक्ष पुनम पन्तले जानकारी दिनुभयो । नेपाली समाजलाई खेलको माध्यमबाट जोड्नका लागि लिगको आयोजना गरिएको पन्तले जानकारी दिनुभयो ।

राज्य सरकारसंग मिलेर नजिकबाट काम गरिरहेकाले कोभिडको बेलामा टिएनसिएले नेपाली युवाहरुलाई खाद्यान्न वितरण गर्नका लागि १० हजार डलर सहयोग समेत प्राप्त गरेको पन्तको भनाई छ ।


ट्याग : #Nepali Cricket, #Tasmania, #TNCA
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ