Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसिड्नीको ‘अप्रा हाउस’मा नेपाली लोक संगितको कन्सर्ट, अष्ट्रेलियाकी गायिकाले गाउने

सिड्नीको ‘अप्रा हाउस’मा नेपाली लोक संगितको कन्सर्ट, अष्ट्रेलियाकी गायिकाले गाउने


सिड्नी/अष्ट्रेलियाको ‘आइकन’ मानिने सिड्नीको अप्रा हाउसमा नेपाली लोक संगितको कन्सर्ट हुने भएको छ । जसमा अष्ट्रेलियाकी गायिकाले डेढ घण्टा नेपाली लोकगित गाउने कार्यक्रम छ । आगामी अक्टोबर १७ तारिख साँझ ८ बजे ओप्रा हाउसको ‘उत्जोन’ हलमा नेपाली दिपावली साँझ आयोजना हुन लागेको हो । सिड्नीको एक्सेलसिया कलेजमा संगित अध्ययन गरेका नेपाली विद्यार्थी र संगित शिक्षक मिलेर यो कार्यक्रमको आयोजना गरिएको हो ।

कन्सर्टमा अष्ट्रेलियाकी अप्रा गायिका समेत रहेकी आइस्ये गोकनर सनालले नेपाली लोक गित गाउदै हुनुहुन्छ भने नरेश जिरेलले बासुरी, निर्भान विष्टले गितार, डेभिड गौतमले बास र उप्तल कँडेलले तबला बजाउनेछन् । अप्रा हाउसमा हुन लागेको नेपाली प्रकारको दिपावलीको कार्यक्रम यो नै पहिलो पटक भएको वेवसाइटमा उल्लेख छ ।

नेपालट्युबसंग कुरा गर्दै गायिका सनालले नेपाली लोक संगित र यसका स्रष्टाले विश्व बजारमा स्थान पाउनुपर्नेमा जोड दिनुभयो । नेपाली लोक संगित भारतिय संगितको छायामा परेको भन्दै सनालले यसलाई विश्वस्तरको स्टेजमा पुर्याउनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । १७ वर्षकै उमेरमा अप्रा हाउसमा गाउन थाल्नु भएको सनालले गायन सिकाउनुहुन्छ । त्यहि क्रममा नेपाली विद्यार्थीसंग भेट भएको सम्झदै सनालले भन्नुभयो कलेजमा नेपाली संगितको कार्यक्रम गर्दा निकै राम्रो प्रतिक्रिया पाएकाले अप्रा हाउसमा कार्यक्रम गर्ने जमर्को गरिएको हो ।

भारतिय, साइप्रस र टर्कीका लोक संगितमा समेत अध्ययन गरेका सनालले विश्वका लोक संगितबिचमा धेरै समानता भएकाले नेपाली लोक गित गाउन खासै समस्या नभएको बताउनुभयो ।
आफुले गाएको नेपाली गित सुनेर नेपाली लोक गायिका तथा सिड्नीका नेपाली महावाणिज्यदुत दिपक खड्काले समेत हौसला दिनुभएको सनालले बताउनुभयो ।
नेपाली स्रष्टाले पनि विश्वस्तरको स्टेजमा प्रस्तुति दिन पाउनुपर्छ भन्ने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको सनालको भनाई छ । यस कार्यक्रम मार्फत अष्ट्रेलियाका स्थानियले नेपाली लोक संगितका बारेमा जानकारी पाउने सनालले बताउनुभयो । कार्यक्रम बारे विवरण र टिकटका लागि

 


ट्याग : #Ayşe Göknur Shanal, #nepali music in opera house, #nepali traditional music, #opera house sydney
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ