Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपाल निर्वाचन : काठमाडौंमा गगन र चितवनमा रवीको चर्चा, अरु को-को बन्लान संसद ?

नेपाल निर्वाचन : काठमाडौंमा गगन र चितवनमा रवीको चर्चा, अरु को-को बन्लान संसद ?


काठमाडौं । नेपाली समय अनुसार आइतबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म प्रदेश र प्रतिनिधि सभाका सांसद छान्नका लागि मतदानको काम पुरा भएको छ । अब बन्द ब्यालेटमा टाँचा लगाइएको मत खोलेपछि को—को सांसद बन्न पाउने छन ? क—कस्लाई मतदातले बिदाई गरेका छन भन्ने प्रष्ट हुनेछ ।

मतदानका लागि निर्वाचन आयोगले एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता योग्य रहेको तथ्यांक सार्वजनिक गरेको भएपनि निर्वाचनमा करिब ६१ प्रतिशतको मात्रै सहभागिताले दल र नेताप्रतिको वितृष्णा आफै उदांगो पारिसकेको छ । अर्कोतर अधिकांश मतदाताले आक्रोशको घन्टी बजाएको आँकलन भैरहेको छ । काठमाडौं ४ मा एमालेका राजन भटराईलाई पराजित गरेर कांग्रेस महामन्त्री गगन थापाको जिति सुनिश्चित भएको, काठमाडौं ५ मा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै कांग्रेसका युवा नेता प्रतिप पौडेल वियजी हुने, ललितपुर ३ मा माओवादी केन्द्रकी पम्फा भुषाललाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोषिमा कार्की र चितवन २ मा चर्चा पाएको सञ्चारकर्म छाडेर पार्टी राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने निर्वाचित हुँने आँकलन गरिदैगर्दा देशभरको मत उलटपुलट भएको चर्चा चलिरहेको छ । यद्यपी मतदानमा जनताले कस्तो प्रतिक्रिया जनाएका छन भन्ने प्रारम्भिक चित्र भने आजबाट सुरु हुने मतगणनाबाट थप अनुमान लगाउन सकिन्छ ।

मंसिर ४ को निर्वाचन मार्फत प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी मैदानमा रहेका दुई हजार ४१२ जना उमेदवार मध्ये १६५ जना मात्रै संसद छिर्न पाउने छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उमेदवार मैदानमा रहेकोमा ११० जनाले मात्रै सांसद बन्ने मौका पाउने छन् । प्रदेशसभातर्फ प्रत्यक्षमा तीन हजार २२४ जना उमेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा ३३० को जित सुनिश्चित हुन केही दिन लाग्नेछ । समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ७०८ जना उमेदवार मध्ये २२० जनाले प्रदेश सांसदका रुपमा संसद छिर्न पाउनेछन् । प्रदेशतर्फको चुनावमा केही स्वतन्त्र उदाएपनि रवीको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनौँती सामना गर्नुपरेको छैन । यहाँ राष्ट्रि स्वतन्त्र पार्टीले उम्मेदवार नै उठाएको छैन ।

आखिर सोमबारबाट अधिकांश स्थानमा मतगणना सुरु हुँदैगर्दा नतिजा कस्तो आउँला त ? पुरानै दलका पुरानै पात्र अनुमोदन हुन्छन वा जनताले राजनीतिप्रतिको बितृष्णालाई फरक पात्रको खोजीमा अभिव्यक्त गरेका छन् ? बन्द ब्यालेट खोलेसँगै पूर्वआँकलनहरु थप स्पष्ट हुँदै जानेछन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ