Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaगृहमन्त्री लामिछाने र अष्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता, यस्तो छलफल

गृहमन्त्री लामिछाने र अष्ट्रेलियन राजदूत भोल्कबीच भेटवार्ता, यस्तो छलफल


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको बताइएको छ ।

अष्ट्रेलियामा नेपालबाट हुनसक्ने मानव तस्करी रोक्न सहकार्य गर्ने बारे छलफल भएको नेपालस्थित अष्ट्रेलियन दूतावासले जानकारि दिएको छ । पछिल्लो समय नेपालबाट अष्ट्रेलियामा विभिन्न भिषा, कार्यक्रम र कलाकारका नाममा मानवतस्करी हुन लागेको भन्दै स्थानिय अगुवाहरुले आवज उठाएका छन् । नेपालमा समेत केही लाख लिएर अष्ट्रेलिया पठाइदिने भन्दै गफल धन्दा चलेको बारे बेलामौकामा आवाज उठ्ने गरेको छ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने र राजदूत भोल्कबीचको भेटवार्ताका क्रममा दुईदेशको आपसी हित प्रवर्धन, सम्भावित मानव तस्करीको रोकथाम, विद्यार्थी भिसाका समस्या, अष्ट्रेलियामा नेपाली समूदायको र नेपालमा अष्ट्रेलियनहरुले भोग्नुपर्ने समस्या लगायतका विषयमा छलफल भएको बताइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ