Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसन् २०२३ मा घुम्न लायक उत्कृष्ट गन्तब्य : पश्चिम अष्ट्रेलिया दोश्रोमा, नेपालको मुस्ताङ १६ औँ स्थानमा !

सन् २०२३ मा घुम्न लायक उत्कृष्ट गन्तब्य : पश्चिम अष्ट्रेलिया दोश्रोमा, नेपालको मुस्ताङ १६ औँ स्थानमा !


काठमाडौं । अमेरिकाको चर्चित मिडिया कम्पनी केबल न्युज नेटवर्क (सीएनएन) ले र्साजनिक गरेको सन् २०२३ मा घुम्न लायक उत्कृष्ट ठाउँहरूको सूचीमा पश्चिम अष्ट्रेलिया दोश्रो स्थानमा र नेपालको मुस्ताङ उपत्यकालाई १६ औँ स्थानमा समेटिएका छन् ।

सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूची सार्वजनिक गर्दै सीएनएनले नेपालको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँलाई १६ औँ नम्बरमा राखेको हो । एउटा फोटोसहित सीएनएनले हिमालय र भारतबीचको व्यापारलाई सहज बनाउने पुरानो पदमार्गमा पदयात्राका लागि मुस्ताङ उत्कृष्ट रहेको उल्लेख गरेको छ । तिब्बतको नजिक रहेको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँ पुग्दा अनौठो अनुभूति हुने पनि सीएनएनले उल्लेख गरेको छ ।

यस्तै, पश्चिम अष्ट्रेलियाको निङ्गालु चट्टान श्रृङ्खलालाई दोश्रो गन्तब्यका रुपमा राखिएको छ । अस्ट्रेलियाको उत्तरपश्चिमी छेउमा रहेको एक्माउथ शहर र ग्रेटर निङ्गालु प्रायद्वीपलाई दुर्लभ पूर्ण सूर्यग्रहण हेर्ने र प्रकृतिसँग रमाउने गन्तब्यका रुपमा उल्लेख गरिएको छ । विश्व सम्पदा क्षेत्रका रुपमा समेत सन २०११ म युनेस्कोबाट सूचिकृत भएको निङ्गालु रिफ क्षेत्र ३०० किलोमिटरसम्म फैलिएको छ । निङ्गालु मरीन पार्क, चट्टानी भूबनोट र नदीतटीय रिजर्भहरु रहेको यो क्षेत्रलाई संसारको अन्तिम महासागर स्वर्गमध्ये एक मान्ने गरिन्छ ।

सीएनएनले सन् २०२३ मा घुम्न लायक २३ ठाउँको पहिलो सूचीमा पोल्याण्ड, दोश्रोमा पश्चिमी अस्ट्रेलियाको निङ्गालु प्रायद्धीप, तेश्रोमा इङ्ल्यण्डको लिभरपुललाई राखेको छ । अन्तिम सूचीमा युगाण्डाको एक जंगल क्षेत्रलाई राखिएको छ ।

सीएनएनको घुम्न लायक उत्कृष्ट २३ गन्तब्यहरुको सूची यो लिंकमा गएर हेर्न सक्नुहुनेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ