Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियामा जन्ती बस दुर्घटना गराउने चालक कडा सर्तसहित रिहा, नेपालमा उठ्यो यस्तो माग !

अष्ट्रेलियामा जन्ती बस दुर्घटना गराउने चालक कडा सर्तसहित रिहा, नेपालमा उठ्यो यस्तो माग !


ब्रिजबेन । न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा १० जनाको ज्यान जानेगरि दुर्घटना भएको जन्ती बसका चालकलाई कडा सर्तसहित अदालतले रिहाई गरेको छ । अदालतले ५१ वर्षीया चालकलाई सवारी चालक अनुमति पत्र जफत, बेलुका ८ देखी विहान ६ बजेसम्म घरमै हुनुपर्ने, कुनै पनि सवारी साधन चलाउन नपाईने, अन्तर्राष्ट्रिय सीमा क्षेत्र आसपास जान, विदेश भ्रमण जान नपाइने कडा सर्तसहित जमानतमा रिहाई गरेको हो ।

अष्ट्रेलियामा लापरबाही गर्ने चालकमाथी चालिएको गम्भिर कारबाहीको कदमलाई नेपालमा समेत चासोका साथ हेरिएको छ । वर्षेनी चालकको लापरबाहीका कारण सयौँको ज्यान जानेगरि दुर्घटना हुनेगरेको स्मरण गराउँदै अभियन्ता, बुद्धीजिविहरुले नेपालमा समेत लापरबाही गर्ने चालकमाथी कडा कानुनी कारबाहीको खाँचो औल्याएका छन् । उनीहरुले दुर्घटनालाई सामान्य मानेर गल्ती कमजोरी गर्नेहरुलाई उन्मुक्ति नदिन सरकार र सरोकारवालाको ध्यानकर्षण समेत गराएका छन् ।

हुुस्सु लागेको समयमा तिब्र गतिमा गाडी चलाएको अभियोगमा न्यु साउथ वेल्स प्रहरीले अदालतमा मुद्धा दर्ता गरेको थियो । चालकमाथीको मुद्धाको अन्तिम फैशला भने आउन बाँकी छ । १४ जना अस्पतालमा उपचाररत रहेको यो दुर्घटनाको २ जना घाइतेको अवस्था गम्भिर रहेको प्रहरीले जानकारि दिएको छ । यो दुर्घटनालाई अष्ट्रेलियाको इतिहासमै भयानक दुर्घटना भनिएको छ । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा जुन ११ तारेखका दिन राती साँढे ११ बजे जन्ती बस दुर्घटनामा परेको थियो ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानिज, सेसनकका मेयर जय सुवलले बस दुर्घटनालाई ‘भयानक’ भन्दै घटनाप्रति दुःख व्यक्त गर्नुभएको थियो । मृतक परिवारजनमा समवेदना प्रकट गर्दै घटनाको वास्तविक छानविन र दोषीलाई कारबाहीको प्रतिबद्धता जनाउनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ