Friday, 5 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaनेपालका लागि अष्ट्रेलियाली राजदूत भोल्कले गरिन उपप्रधान एवं गृहमन्त्री श्रेष्ठसंग शिष्टाचार भेट

नेपालका लागि अष्ट्रेलियाली राजदूत भोल्कले गरिन उपप्रधान एवं गृहमन्त्री श्रेष्ठसंग शिष्टाचार भेट


काठमाडौं । नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग गृह मन्त्रालयमा  शिष्‍टाचार भेटवार्ता गर्नुभएको छ । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध सधैं सौहार्दपूर्ण रहेको उल्लेख गर्दै अष्ट्रेलियायाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिनुभएको बताईएको छ ।

राजनीतिक परिवर्तनपछि सिंगो नेपालको ध्यान आर्थिक विकासमा केन्द्रित रहेको यसका लागि  विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अष्ट्रेलिया जस्तो देशबाट साथ र समन्वयको अपेक्षा गरिएको उपप्रधानमन्त्री श्रेष्ठले धारणा राख्नुभएको छ । ऊर्जा र कृषिमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै सहकार्यको आह्वान समेत गरिएको छ ।

भेटका क्रममा राजदूत भोल्कले नेपाल जस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूहरूलाई खुशी लागेको र भर्खरै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसँग पनि साझेदारी बढाउनेतर्फ सहकार्य भैरहेको जानकारी गराउनु भएको थियो । व्यापारमा समेत साझेदारी गर्न अष्ट्रेलिया इच्छुक रहेको र दुई देशबीच उच्चस्तरीय व्यापार सम्झौताको तयारी भैरहेको राजदूत भोल्कले जानकारी गराउनुभयो ।

सहकार्यका लागि यही अक्टोबरमा अष्ट्रेलियाका उच्च अधिकारीहरू नेपाल आउने समेत बताइएको छ । राजदूत भोल्कले नेपाली विद्यार्थीलाई छात्रवृत्तिका कोटाहरू बढाइएको र कर्मचारी कोटासमेत तय गरिएको जानकारी गराउनुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ