Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaसाउथ अस्ट्रेलियामा मृत भेटिए एक नेपाली युवा, शव नेपाल पठाइदिन परिवारको आग्रह

साउथ अस्ट्रेलियामा मृत भेटिए एक नेपाली युवा, शव नेपाल पठाइदिन परिवारको आग्रह


अस्ट्रेलिया । साउथ अस्ट्रेलियाको एडिलेटमा एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । काठमाडौं स्थायी घर भई सन २०१८ देखी एडिलेट बस्दैआएका २७ वर्षिया नेपाली युवा मृत फेला परेका हुन् ।

धेरैसँगको घुलमिल र भेटाघट नरुचाउने उनले घटनाको तीन दिन अघिसम्म परिवारसँग सम्पर्क गरेको पाइएको छ । घटना बारे सबै विवरण नखुलाईएपनि परिवारसँगको नियमित सम्पर्कमा रहेको र पोष्टमार्टम रिपोर्टपछि शव नेपाल पठाईदिन परिवारले आग्रह गरेको एनआरएनए साउथ अस्ट्रेलियाका नविन पन्तले बताउनुभयो ।

साउथ अस्ट्रेलियाका अबैतानिक वाणिज्यदूत दिपक धमलाले फरेन्सिक परिक्षणपछि पोष्टमार्टम गरिने भएकाले पोष्टमार्टम रिपोर्ट आउन करिब चार दिन लाग्ने जानकारी दिनुभयो । स्थानीय प्रहरीले भने मृत अवस्थामा भेटिएका नेपाली युवाको मृत्यु शंकास्पद नरहेको बताएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ