Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaएडिलेटको उत्तरी सबअर्बमा १७ जना नयाँ कोरोना संक्रमित पहिचान

एडिलेटको उत्तरी सबअर्बमा १७ जना नयाँ कोरोना संक्रमित पहिचान


एडिलेड, अष्ट्रेलिया । एडिलेडको उत्तरी सबअर्बमा आईतबार चार नयाँ कोरोना संक्रमित भेटिएको भोलिपल्ट अर्थात सोमबार त्यही घटनासँग सम्बन्धित थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउथ अष्ट्रेलियाका प्रमुख स्वास्थ्य अधिकारी डा. निकोला सुपरिरका अनुसार कोरोना संक्रमित पहिचान भएको क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।

एडिलेड हंग्री ज्याक्स बन्द गरिएको छ भने मसन लेक्स प्राईभरी स्कुल तथा प्रिस्कुलमा पनि आवागमन हुन दिइएको छैन । पाराफिल्ड सुपरमार्केट बन्द गरिएको छ । साउथ अष्ट्रेलिया हेल्थले आइतबार ८० वर्षीय एक व्यक्तिमा कोरोना देखिएको जनाएको थियो । उनको उपचार लेल मेक्वीन अस्पतालमा गरिएको छ । तीनै ८० वर्षीया बृद्धको क्लोज कन्ट्याक्टमा रहेका अन्य दुईजनालाई पनि हिजै कोरोना संक्रमण देखिएको थियो ।

यीनै संक्रमितसँगको निकटतामा रहेका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गएको अप्रिल १६ यता एकै पटक यति धेरै कोरोना संक्रमित फेला परेको पहिलो घटना हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ