Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaमेलबर्नको ब्ल्याक रकमा आयोजित गैरकानूनी बिच पार्टीमा प्रहरी हस्पक्षेप, चेतावनीसहित फर्काइयो

मेलबर्नको ब्ल्याक रकमा आयोजित गैरकानूनी बिच पार्टीमा प्रहरी हस्पक्षेप, चेतावनीसहित फर्काइयो


मेलबर्न, अष्ट्रेलिया । गैरकानूनी रुपमा बिच पार्टी सञ्चालन गरिरहेको समूहलाई प्रहरीले चेतावनीसहित फर्काइदिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा सय जनाभन्दा बढी मानिसहरु मेलबर्नको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित ब्ल्याक रक क्षेत्रमा विना मास्क जम्मा भएको देखिएपछि प्रहरीले हस्तक्षप गरेको हो ।

यसरी भेला भएकाहरुले न त कुनै सामाजिक दूरी कायम गरेका छन् न त मास्क नै लगाएका छन् । भिक्टोरिया प्रहरीले आईतबार साँझको घटनामा कसैलाई पनि पक्राउ नगरिएको तर चेतावनी दिएर फिर्ता पठाइएको जानकारी दिएको छ । सामाजिक सञ्जालमा अपलोड गरिएको भिडियोमाथी भने मिश्रित प्रतिक्रिया आएको छ । कतिपयले यो स्वार्थी कार्य भएको बताएका छन् भने कतिपयले १६ दिनदेखि शून्य कोरोना संक्रमण भएको बेला यति त गर्न पाउनुपर्ने धारणा राखेका छन् ।

भिक्टोरियामा कोरोनाका नयाँ संक्रमित नभेटिएपनि प्रतिबन्धहरु अझसम्म कायमै छन् । यहाँ सार्वजनिक स्थलमा अधिकतम १० जनासम्म मात्र भेला हुन पाउने नियम लागू छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ