Friday, 5 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaन्यूसाउथवेल्स राज्यले आफ्नो राज्यका वयस्क व्यत्तिलाई १ सय डलर दिने

न्यूसाउथवेल्स राज्यले आफ्नो राज्यका वयस्क व्यत्तिलाई १ सय डलर दिने


सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यले आफ्नो राज्यका १८ वर्ष पुगेका वयष्क व्यक्तिहरुका लागि १ सय डलरको भौचर उपलब्ध गराउने भएको छ । कोरोना महामारीका कारण विभिन्न होटल, रेष्टुरेन्ट, सिनेमा हलहरुमा मानिसहरुले खर्च गर्ने क्रम घट्दै गएपछि यसलाई बढाउने उपायस्वरुप राज्य सरकारले यस्तो राहत घोषणा गरेको हो ।

यसरी बाँडिएको १ सय डलरमध्ये २५ डलरका दुई भौचर हस्पिटालिटी क्षेत्रमा खर्च गर्न र अर्को दुईवटा २५ डलरको भौचर सिनेमा हल, पार्कहरु, थियटरहरु र ग्यालरीहरुमा खर्च गर्न पाइनेछ । हरेक व्यक्तिलाई यसरी सय डलर वितरण गर्दा राज्य सरकारलाई भने ५ सय मिलियन डलरको दायित्व थपिने आँकलन गरिएको छ । सुरुवातको चरणमा सिड्नीको सिटी क्षेत्रमा खर्च गर्न पाइनेछ भने त्यसपछि अरु ठाउँहरु पनि थप्दै लैजाने योजना न्यूसाउथवेल्स राज्यले अघि सारेको छ । यसरी प्राप्त भएको भौचरले चुरोट, रक्सी वा जुवा तथा अन्य साधारण सरसामानको खरिद गर्न भने पाइने छैन । साथै, भौचर शनिबार र आईतबार बिदाको दिन बाहेक प्रयोग गर्नुपर्नेछ ।

कोभिड सेफमा दर्ता भएका विजनेसहरुलाई मात्रै यो कार्यक्रममा सहभागी गराइनेछ । केही समयमै जारी गर्न लागिएको राज्यको बजेटको पूर्वसन्ध्यामा यो कार्यक्रम बारे जानकारी गराइएको हो । यसअघि साउथ अष्ट्रेलिया र तास्मानियाले आफ्नो राज्यमा पर्यटकीय गतिविधि बढोस् भनेर यसैगरी नगद अनुदान दिइसकेका छन् । यो नगद अनुदानलाई यीनै राज्यको निरन्तरताका रुपमा हेरिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ