Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaडिसेम्बर १ बाट भिक्टोरिया र न्यूसाउथवेल्सवासी क्वीन्सल्याण्ड जान आउन पाउने

डिसेम्बर १ बाट भिक्टोरिया र न्यूसाउथवेल्सवासी क्वीन्सल्याण्ड जान आउन पाउने


ब्रिसबेन । क्वीन्सल्याण्डले आगामी डिसेम्बर १ तारिखबाट भिक्टोरिया र न्यूसाउथवेल्ससँगको सिमाना खुल्ला गर्ने भएको छ । प्रिमियर एनास्तासिया पलासेले भिक्टोरियाले कोरोना भाईरस नियन्त्रणका लागि खेलेको भूमिकाको प्रशंसागर्दै दक्षिणी राज्यका पर्यटकहरुलाई आफ्नो राज्यमा स्वागत गर्न आतुर रहेको बताएकी हुन् ।

क्रिसमस मनाउन क्वीन्सल्याण्ड उपयुक्त हुने भन्दै पलासेले भिक्टोरिया र न्यूसाउथवेल्सका बासिन्दाहरुको लागि आफ्नो राज्य स्वागत गर्न तयार रहेको बताउनुभयो । यता, भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयूले कोभिड १९ को नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल भएसँगै आफ्नो राज्यका बासिन्दाहरुले यो क्रिसमस भिक्टोरियामै मनाउने आशा व्यक्त गर्नुभएको छ ।

अन्य राज्यहरुसँगको सिमाना खुलेपनि यस पटक आफ्नै राज्यमा क्रिसमस मनाउँदा यहाँको अर्थतन्त्रलाई थप टेवा पुग्ने डेनियलको धारणा थियो । Photo : theguardian



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ