Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरिया पुग्ने अन्तर्राष्ट्रिय यात्री अनिवार्य होटल क्वारेन्टीन बस्नुपर्ने

भिक्टोरिया पुग्ने अन्तर्राष्ट्रिय यात्री अनिवार्य होटल क्वारेन्टीन बस्नुपर्ने


अष्ट्रेलिया । अर्को महिनाबाट अष्ट्रेलियाको भिक्टोरिया पुग्ने अन्तर्राष्ट्रिय यात्रीहरुले अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । भिक्टोरियाका प्रिमियर डेनियल एन्ड्रयुले अन्तर्राष्ट्रिय यात्रीहरुले अनिवार्य होटल क्वारेन्टीनमा बस्नुपर्ने प्रष्ट पार्नुभएको हो ।

अर्को महिनादेखि भिक्टोरियामा अन्तर्राष्ट्रिय यात्रीलाई आउन दिने यसअघि नै घोषणा भएअनुसार सबैले क्वारेन्टीनमा बस्नुपर्नेछ र कोरोना संक्रमित भएको पुष्टि हुनेहरुका लागि अझ कडा निगरानी गरिने प्रिमियर एन्ड्रयुले बताउनुभएको छ । भिक्टोरियामा कोरोनाको दोश्रो लहर होटल क्वारेन्टीनमा भएको कमजोरीका कारण सुरु भएको थियो । होटल क्वारेन्टीनको कमजोरीकै कारण राज्यकी स्वास्थ्यमन्त्रीले राजीनामा समेत दिनुभएको थियो ।

तात्कालिन समयमा गठित छानविन समितिले अब अन्तर्राष्ट्रिय यात्री आउँदा होटल क्वारेन्टीन र होम क्वारेन्टीनमा राख्न सिफारिश गरेको भएपनि प्रिमियरले सर्वसाधारणलाई जोखिम हुने विषयमा कुनै सम्झौता नहुने स्पष्ट गर्नुभएको छ । जोखिम कम गर्नकै लागि अन्तर्राष्ट्रिय यात्रुले होम क्वारेन्टीन नभई होटल क्वारेन्टीनमा अनिवार्य बस्नुपर्ने नियमको पालना गर्न प्रिमियर एन्ड्रयुले सबैलाई आग्रह गर्नुभएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ