Sunday, 7 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaभिक्टोरियामा अन्तर्राष्ट्रिय यात्रुको क्वारेन्टीन व्यवस्थापनका लागि छुट्टै निकाय गठन

भिक्टोरियामा अन्तर्राष्ट्रिय यात्रुको क्वारेन्टीन व्यवस्थापनका लागि छुट्टै निकाय गठन


ब्रिजवेन, अष्ट्रेलिया । भिक्टोरियामा आगामी महिनादेखि सुरु हुन लागेको अन्तर्राष्ट्रिय यात्रीको क्वारेन्टीन व्यवस्थापनका लागि छुट्टै निकाय गठन गरिएको छ । नयाँ गठन गरिएको कोभिड १९ क्वारेन्टीन भिक्टोरिया एजेन्सीले अघिल्ला सबै कमजोरी सुधार्ने अपेक्षा राज्य सरकारको छ ।

यसको कमिश्नरमा एमा केस्सर तोकिएकी छिन् । भिक्टोरिया प्रहरी र अष्ट्रेलियन डिफेन्स फोर्सका जवानहरु पनि क्वारेन्टीन सुरक्षाका लागि खटिनेछन् । भिक्टोरियामा कोभिड १९ कोरोना भाईरसको दोश्रो लहर होटल क्वारेन्टीन भएको कमजोरीबाट देखिएको भन्दै यसअघि होटल क्वारेन्टीन बन्द गरिएको थियो ।

यस अघिको होटल क्वारेन्टीनको छानविनका क्रममा निजी सुरक्षाकर्मीलाई खटाइएको तर व्यवस्थापनको जिम्मा कसैले नलिएको भेटिएको थियो । क्वारेन्टीन व्यवस्थापनमै देखिएको कमजोरीका कारण स्वास्थ्य मन्त्रीले राजीनामा दिनुपरेको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ